बैठकमा पूर्वेली र पश्चिमेली

बुटवल । गठबन्धनको पहिलो शक्ति एमालेले दोश्रो शक्ति माओवादी केन्द्रले दलको नेता नचुन्दा सरकार गठनमा ढिलाई भयो भनेपछि आइतबार बिहानको बैठकले हतार हतार दलको नेता चुन्यो । संसदीय दलको पहिलो बैठकबाट दलको नेता चुनिए कुलप्रसाद केसी ।

केसीलाई दलको नेता चुनेलगत्तै प्रदेश प्रमुखको कार्यालयमा एमाले र माओवादी केन्द्रका दलका नेताले सरकार गठनका लागि संसद्मा बहुमत छ भन्दै दाबी प्रस्तुत गरे ।
त्यसपछि माओवादी केन्द्रको प्रदेश ५ संसदीय दलको बैठक बस्यो ।बिहान ११ बजे शुरु भएको बैठक दिउँसो १ घण्टा रोकिएपछि १बजे शुरु भएको थियो । राती ९ बजेसम्म बसेको बैठकअघि दलको बैठकमा उपस्थित सांसद्हरूले धारणा राखेपछि शीर्ष नेताहरूले सहमति जुटाएर निर्णय गरेका थिए ।

‘प्रदेशमा पनि पूर्वेली र पश्चिमेली भन्ने खालको कुरा भयो– बैठकमा सहभागी एक सांसद्ले भने– राजधानी यता भएपछि सभामुख पनि यतै हुँदैन, पश्चिमले पाउनुपर्छ, मन्त्री र अरू पदमा पनि बराबरी गर्नुपर्छ भन्ने कुरा आयो, त्यसपछि शीर्ष नेताहरूले सोहीअनुसार बाँडफाँड गर्नुभयो ।’

माओवादी केन्द्रमा दाङ पूर्व र दाङभन्दा पश्चिमका सांसद्लाई पनि मिलाउनुपर्ने दबाब थियो । माओवादी केन्द्रमा रहिरहेका र वैद्य माओवादीमा गएर फर्किएका नेताहरूलाई व्यवस्थित गर्नका लागि पनि केन्द्रको दबाब थियो ।

सभामुखका दाबेदार सुदर्शन बराललाई मन्त्री बनाउने भन्दै आश्वासन दिइएको छ । बराल कानुनका विद्यार्थी भएको भन्दै उनलाई सभामुख बनाउनुपर्ने कतिपय सांसद्को तर्क थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार