कुलप्रसाद केसी, संसदीय दलका नेता, माओवादी । प्रदेश नम्बर ५ ।

२०२८ साल माघ १० गते जन्मिएका कुलप्रसाद केसी माओवादीभित्र ‘सोनाम’ उपनामले चिनिन्छन् । रोल्पा नगरपालिका वडा नं. ६ जिबाङमा जन्मिएका केसी २०४६ सालदेखि नै विद्यार्थी राजनीति हुँदै २०४८ सालदेखि २०५० साल जेठसम्म स्थायी शिक्षकसमेत भए ।

२०५० सालतिर स्थायी शिक्षण पेशा त्यागेर पूर्णकालीन राजनीतिमा लागेका केसी २०५२ फागुनमा माओवादी जनयुद्धमा सहभागी भए र २०५५ सालमा तत्कालीन नेकपा माओवादीको दाङ, प्यूठान र सल्यानको सक्रेटरी भए ।

२०५७ सालमा सम्पन्न नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित केसी २०६० सालमा उपत्यका व्यूरो इन्चार्ज तथा पोलिटव्यूरो सदस्य भए ।

भारतको पटना पुगेका बेला २०६० साल जेठ २० गते गिरफ्तारीमा परेका उनी गणतन्त्र प्राप्तिपश्चात् २०६३ साल साउनमा रिहाई भएका थिए । जनमुक्ति सेना नेपालको तेस्रो डिभिजन कमिश्नर भइसकेका उनी पार्टीका तर्फबाट सेना समायोजन विशेष सचिवालय समितिमा क्रियाशील रहे ।

वाइसियल नेपालका इन्चार्जको जिम्मेवारी सम्हालेका उनी २०७४ मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा (पहिलो चरण) निर्वाचनमा रोल्पा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार