संसद् र सरकारको नेतृत्व सँगसँगै

बुटवल । आइतबार बिहान एकाएक प्रदेश ५ का दुई दल एमाले र माओवादी केन्द्रका नेताहरू कस्सिए । प्रदेश ३ र ७ मा सभामुख चुनिइसकेका थिए ।
प्रदेश ३ ले मुख्यमन्त्री समेत नियुक्ति गर्दै थियो । प्रदेश ५ ले मुख्यमन्त्री नियुक्ति र सभामुख चयनमा पहिलो हुने कसरत गर्दैगर्दा अलमलमा थियो ।
यहीबीचमा दुवै दलका नेताहरू विष्णु पौडेल, वर्षमान पुन, चन्द्रप्रकाश खनाल बलदेव बुटवलमा थिए । सरकार गठन र सभामुख उम्मेदवारमा देखिएको उल्झन फुकाउन उनीहरू प्रयत्नरत थिए ।
आइतबार बिहान १० बजेदेखि माओवादी संसदीय दलको बैठक शुरु भयो । बैठकले शुरुमै संसदीय दलको नेता चुन्यो– कुलप्रसाद केसीलाई । त्यसपछि एमाले–माओवादी गठबन्धनले प्रदेश प्रमुख उमाकान्त झासमक्ष बहुमतको दाबी पेश ग¥यो ।
यता प्रदेश ५ मा सरकार गठनको प्रक्रिया शुरु भयो । प्रदेश प्रमुखको कार्यालयबाट केही मिनेटको दुरीमा रहेको होटलमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले संसद्को नेतृत्व लिने उम्मेदवार चयन ग¥यो ।

दुई दलको बहुमत पेश
एउटै दलको बहुमत नपुगेपछि दुई दल एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुखसमक्ष बहुमतको दाबी पेश गरेका हुन् । वाम गठबन्धनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि बहुमतको दाबी पेश गरेसँगै प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया शुरु गरेका छन् ।
प्रदेश प्रमुखले सोही बमोजिम मुख्यमन्त्री नियुक्ति भएको जानकारी गराउनेछन् र संविधानको धारा १७२ बमोजिम शपथका लागि निम्तो दिनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार