बुद्ध परिपथले दर्शक बढे

माधव बेल्वासे
चन्द्रौटा ।पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना भएको चौथो चन्द्रौटा महोत्सवमा विशेष आर्कषक रूपमा रहेको बुद्ध परिपथले दर्शकको संख्या बढेको छ । जिल्लाभित्र रहेका विभिन्न धार्मिलस्थल, मठ, मन्दिर, मस्जिद मेलास्थलमै अवलोकन गर्न सकिन्छ ।

बुद्धस्थल लुम्बिनीको मायादेवी मन्दिर, तिलौराकोट दरबार, शिवगढी मन्दिर, शोनवागढ मन्दिर, मुस्लिमहरूको धार्मिकस्थल मस्जिदको प्रचार प्रसारको लागि चन्द्रौटा महोत्सवमा भौतिक संरचना निर्माण गरिएको छ । लुम्बिनी, तिलौराकोट, शिवगढी, शोनवागढ, जमिया सिराजुल मदरसाकोे प्रबद्र्धन र संरक्षण गर्नका लागि आयोजकले सो निर्माण गरेको छ ।

कृषि पर्यटन औद्योगिक विकास हाम्रो अभियान आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारासहित आयोजित महोत्सवमा स्थलको संरचना निमार्ण गरी प्रचार–प्रसार गरिएको छ । कपिलवस्तुमा पर्यटकीय तथा धार्मिकस्थल धेरै भएपनि प्रचार प्रसार नहुँदा ती स्थलहरूको ओझेलमा परिरहेकोले मेलाको माध्यमबाट पर्यटकीयस्थललाई प्रवद्र्धन गर्न सकिने भएकाले सो परिपथ बनाएको आयोजक चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर अलीले बताए ।

मेलाभित्र एक स्थानमा निःशुल्क व्यवस्था गरिएको छ । जो महोत्सवभित्र गएको दर्शकहरूले एक पटक अवलोन गरेरै फर्किएको आयोजकको दावी रहेको छ । मेलामा दिन प्रतिदिन दर्शकहरूको संख्या बढिरहेको छ । मेलामा वुद्ध परिपथसँगै उँटको नाच पनि हर्ने सकिन्छ ।बालउद्यान रोटेपङ, जादुगर, मौदका कुवा मेलाको आर्कषकको रूपमा रहेका छन् । मेला माघ २८ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार