आसन शैक्षिक महोत्सव शुरु

बुटवल  । आसनको आयोजनामा शैक्षिक महोत्सव शुरु भएको छ । महोत्सवको एक कार्यक्रमकाबीच शुद्धोधन गाउँपालिका का अध्यक्ष किशुनचन्द चौधरीले उद्घाटन गरे । सो अवसरमा बोल्दै यस्ता महोत्सवले विद्यार्थीका प्रतिभा प्रस्फुटनमा सघाउ पुग्ने बताए । तीन दिनसम्म चल्ने महोत्सवमा विभिन्न प्रतियोगिताहरू सम्पन्न भएका छन् । शुद्धोधन गाउँपालिकाको बर्मेलीटोल खेलमैदानमा एथलेटिक्सतर्फका खेल भएका छन् ।

बिहीबार सम्पन्न खेलमा १०० मिटर जुनियर छात्रतर्फ सरस्वती ज्ञान निकेतनका निसर अहमत प्रथम, दुर्गा शैक्षिकका दिपेन्द्र गुप्ता दोस्रो, सिद्धार्थ शाइन स्टारका रामिलन भर तेस्रो भए । जुनियर छात्रतर्फ सरस्वती ज्ञान निकेतनका सिमा गौण प्रथम, दुर्गा शैक्षिकका प्रमिला ज्ञवाली दोस्रो र मदर ल्याण्डको कल्पना ढुङगेल तेस्रो भएका छन् ।

त्यस्तै २ सय मिटर जुनियर छात्रतर्फ सिद्धार्थ शाइन स्टारको निरज यादव प्रथम, दुर्गा शैक्षिकका अजय चाई दोस्रो लिटल फल्र्वसको आर्यन राना तेस्रो, र छात्रतर्फ सिदिविनायकको स्वस्तीका पौडेल प्रथम, ड्रिम भिजनको दिविना पाण्डे दोस्रो र सरस्वतीकी आकृती प्यासी तेस्रो भए । त्यस्तै सय मिटर सिनियर छात्रतर्फ सिदिविनायकको भुपेन्द्र भण्डारी प्रथम ड्रिम भिजनको राज गाहा दोस्रो र सरस्वतीको सेसमान यादव तेस्रो तथा छात्रतर्फ दुर्गा शैक्षिकको सविना पाण्डे प्रथम लिटल फल्र्वासको काजल खरेल दोस्रो र सरस्वती ज्ञान निकेतनको आकृती प्यासी तेस्रो भए ।

त्यस्तै दुई सय मिटर सिनियर छात्रतर्फ दुर्गा शैक्षिकको सदिस ज्ञवाली प्रथम, सरस्वतीको सतेन्द्र यादव दोस्रो किम्र्वलीको मोहन थारु तेस्रो, तथा छात्रातर्फ लिटर फल्वर्सको दुर्गा गौडेल प्रथम, दुर्गा शैक्षिकको पवित्रा थापा दोस्रो, ड्रिमभिजनको सफलता खण्डका तेस्रो हुन सफल भएका छन् ।

त्यसै गरि पहिलो दिन सम्पन्न ज्यावलिन थ्रो छात्रतर्फ सिदिका सन्जय दर्जी प्रथम, दुर्गाका अमर चौधरी दोस्रो, मदर ल्याण्डका प्रवेश घर्ती तेस्रो तथा छात्रातर्फ दुर्गाकाकी वसन्ती न्यौपाने प्रथम, सिदिको गँगा पुन दोस्रो, किम्र्वलीकी गँगा विक तेस्रो भएका छन् । त्यसैगरी सटपुटमा छात्रतर्फ सदिस ज्ञवाली दुर्गा र सन्जय दर्जी सिदी प्रथम, सरस्वतीका निरज थारु दोस्रो र ड्रिम भिजनका विक्रम चौधरी तेस्रो भएका छन् ।

त्यसैगरी पूर्व प्रथामिक तहतर्फ दुर्गा शैक्षिक गृह भएको स्वीट रेसतर्फ सिद्धार्थ साइनका अजय हरिजन प्रथम ब्राइटका रोशनी केवट दोस्रो र सिता किङगशका अनुराग पाठक तेस्रो भए । त्यसै गरि सम्पन्न मेमोरी टेस्ट मा सिता किङगशका जेनिसा यादव प्रथम, सिदिविनायको कृपा लम्साल दोस्रो, दुर्गा शैक्षिकको आयुस पौडेल तेस्रो भएका छन् । त्यसै गरि खुल्ला हाजिरी जवाफ प्रतियोगितामा लिटर फर्वासको सुदिक्षा क्षेत्री प्रथम, दुर्गा शैक्षिकको महिमा घिमिरेको समूह दोस्रो र सिद्धार्थका साइन स्टारको आकृती सुक्लाको समूह तेस्रो भएका छन् ।

त्यसैगरी सम्पन्न लङजम्प जुनियर केटा केटातर्फ सरस्वतीको निसर अहमद प्रथम, लिटर फलर्वासको आर्यन राना दोस्रो र दुर्गा शैक्षिकको अजय चाइ तेस्रो, केटितर्फ सिदिविनायको स्वस्तीका पौडेल प्रथम ड्रिम भिजनको दिविना पाण्डे दोस्रो र साइन स्टारको विनिता पल तेस्रो भएका छन् । सम्पन्न भएको भलिवल हिटराउनडमा ड्रिमभिजन स्कूल, लिटल फलार्वस स्कूल र सिदीविनायक स्कूल सेमिफाइनलमा प्रवेश गरेका छन् । महोत्वस अन्तर्गत २६ गते चार सय मिटर रिले, भलिवल, सिनियर लङजम्प, हाइजम्प, जुनियर हाइजम्प र ४०० मिटर दौड हुने कुरा आसनका अध्यक्ष चूडामणि डुम्रेले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार