अस्पतालमा गर्भवतीको मृत्यु

घरमै सुत्केरी हुँदा मातृ शिशुमा समस्या पर्ने र मृत्युसमेत हुने हुँदा राज्यले सुरक्षित रूपमा सुत्केरी हुनको लागि अस्पतालमा जानुपर्ने संस्कृति नै बसाल्न थालेको छ । अब जन्मदा र उमेर पुगेपछि स्वाभाविक रूपमा मृत्यु हुँदा प्रायः नागरिकहरू अस्पतालमै पुग्ने संस्कृति बस्न थालेको छ । आम नागरिकलाई यसले केही शुरक्षाको अनुभूति पनि दिएको छ । यो राम्रो संस्कृति हो ।

तर नेपालमा यसको लागि भरपर्दो जनशक्ति छैन । आजको समयमा पनि सुत्केरी हुन अस्पतालमा जाँदा गलत औषधी दिएर मर्नुपर्दा यसले सरकारको नागरिकप्रतिको कर्तव्य र जिम्मेवारीबोध कस्तो छ भन्ने कुरा देखाउँछ । भर्खर लुम्बिनी अञ्चल अस्पतामा पाल्पा झडेवाकी ३२ वर्षीय भगवती अधिकारीको अस्पतालमा पुग्दासाथ दिइएको स्लाइनबाट मृत्युको मुखमा जानु प¥यो । यस विषयमा उनका आफन्तहरूले कडा विरोध जनाएका छन् । केही समय त यसले अञ्चल अस्पतालमा तनाव पनि उत्पन्न भएको थियो । तथापि यस विषयमा छनबिन गर्नको ५ सदस्यीय आयोग गठन गरिएको छ ।

वास्तवमा सरकारी अस्पतालहरू किन असुरक्षित देखिन्छन् । यसको खोजी हुनु जरुरी छ । यसको कारण जनशक्तिको आभाव एउटा कारण होला अरू कारण पनि छन् । त्यो अरू कारण मध्ये स्वास्थ्यमा निजीकरणको प्रभाव पनि एउटा हो । सरकारी अस्पतालमा नोकरी गर्ने तर अन्य ठाउँमा निजी ल्किनिक तथा नर्सिङ्ग होम खोलेर व्यापार गर्ने स्वास्थ्यकर्मीहरूको कारण पनि सरकारी अस्पताल असुरक्षित बन्दै गएका हुन् । लुम्बिनी अञ्चल अस्पतालका मेसु स्वयं निजी क्षेत्र र सरकारी क्षेत्रमा कार्यरत छन् । यसरी दोहोरो सेवा गर्नु प्रवृत्तिका कारण अञ्चल अस्पताल कमजोर बन्दै गएको हो । यस्तो दोहोरो सेवा गर्ने धेरै डाक्टरहरू छन् ।
मानिस प्रशस्त कमाएर पैसा आर्जन गर्न चाहन्छ । उसमा सञ्चयवादी प्रवृति हुन्छ । यही प्रवृत्तिका कारण मान्छेले सीमा नाघेर पनि अर्थोपर्जन गरिरहेको हुन्छ । पैसा कामउन कानुनले छेकेन भने उसलाई नैतिकताको बन्धनले पनि छेक्दैन । अझ कानुन उसको प्रतिकूल नभई अनुकूल भएमा उसले दोहोरो तेहेरो काम गरेर भए पनि पैसा कमाउँछ । यसो गर्न उसलाई कुनै वाद वा विचारले पनि छैक्दैन । नेपालमा वामपन्थी पृष्टभूमिबाट आएका प्रशासकहरू र कर्मचारीहरूलाई कुनै नैतिकताले छेकेको देखिदैन । आदर्शको बाटो छोडेर उनीहरू जसरी हुन्छ पैसा कामउने धन्दामा छन् । डाक्टरहरू पनि यस विषयमा अछुतो छैनन् ।
सरकारी अस्पतालमा भएका उपकरणहरू धेरै दिन टिक्न नसक्नु पनि यही नै हो । डाक्टरहरूमा सरकारी क्षेत्रको सेवा प्रवाह सुरक्षित नभई निजी क्षेत्रबाट गरिने सेवा प्रवाह सुरक्षित, छरितो र भरपर्दो होस् भन्न चाहन्छन् । अब सरकारी डाक्टरहरू र निजी क्षेत्रका डाक्टरहरू बीचमा आचारसंहिता बनाई अलग–अलग सेवा क्षेत्रको रूपमा परिभाषित गरेर विरामीहरूलाई भरपर्दो सेवा दिनु पर्छ । निजी क्षेत्रमा कार्यरत डाक्टरहरू र सरकारी क्षेत्रमा कार्यरत डाक्टरहरूले दोहोरो सेवा गर्न नहुने गरी कानुन बनाउनु पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार