बुटवल । आगामी महिना नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताका लागि खेल तालिका सार्वजिनक गरिएको छ।

नामिबिया क्रिकेटले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो। जसअनुसार नेपालले पहिलो खेल आयोजक नामिबियासँग माघ २५ गते खेल्नेछ। प्रतियोगिताका १८ खेलहरु नामिबियाका ३ वटा मैदानमा सञ्चानलन हुनेछन्।

डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरी ६ देखि १६ सम्म हुँदैछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले खेल्नेछन्। डिभिजन–२ का शीर्ष २ टिम विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

यो पनि : डिभिजन २ : नेपालले दुबईमा अभ्यास गर्ने, अन्य पाँच टिमले यसरी गर्दै छन् तयारी
नेपाली टिमका प्रमुख प्रशिक्षक जगत टमाटाका अनुसार नेपालले १० दिन दुबईमा अभ्यास गर्नेछ। नेपाल आगामी साता दुबई जानेछ। त्यसपछि नेपाली टिम सिधै नामिबिया जानेछ।

हाल नेपाली टिम कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ। अभ्यासमा पहिलो चरणका २१ जना खेलाडी सहभागी छन्। दुबई भ्रमणमा जानुअघि नेपालले अन्तिम टिम घोषणा गर्नेछ। प्रशिक्षक टमाटाले डिभिजन–२ नेपालका लागि महत्त्वपूर्ण प्रतियोगिता भएकाले उत्कृष्ट खेल्न सबै शक्ति खर्चने बताए।

नेपाली टिमको ब्याटिङ सुधारका लागि मुम्बईका कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा सुलक्षण कुलकर्णी आजै आउँदै छन्।

डिभिजन खेल तालिका खेल तालिका

माघ २५ गते
केन्या भर्सेस यूएई – वान्डरेरर्स मैदान
नेपाल भर्सेस नामिबिया – डब्लुएपी मैदान
ओमान भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान

माघ २६ गते
युएई भर्सेस क्यानडा – वान्डरेरर्स मैदान
नेपाल भर्सेस ओमान – डब्लुएपी मैदान
केन्या भर्सेस नामिबिया – ट्रस्टको युनाइटेड मैदान

माघ २८ गते
नामिबया भर्सेस ओमान – वान्डरेरर्स मैदान
केन्या भर्सेस क्यानडा – डब्लुएपी मैदान
नेपाल भर्सेस यूएइ – ट्रस्टको युनाइटेड मैदान

माघ २९ गते
नेपाल भर्सेस केन्या – वान्डरेरर्स मैदान
यूएई भर्सेस ओमान – एब्लुएपी मैदान
नामिबिया भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान

फागुन २ गते
नेपाल भर्सेस क्यानडा – वान्डरेरर्स मैदान
यूएइ भर्सेस नामिबिया – डब्लुएपी मैदान
केन्या भर्सेस ओमान – ट्रस्टको युनाइटेड मैदान

फागुन ३ गते
फाइनल – वान्डरेरर्स मैदान
तेस्रो र चौथो प्ले अफ – डब्लुएपी मैदान
पाँचौ र छैटौं प्लेअप – ट्रस्टको युनाइटेड मैदान

पहिलो चरणको टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, करण केसी, ज्ञानेन्द्र मल्ल, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, रोहित कुमार पौडेल, रसिद खान, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषावकर, सिद्धान्त लोहनी, सोमपाल कामी, सुनील धमला, सुशन भारी।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार