अझै भएन शिक्षकहरुको दरबन्दी मिलान

सल्यान । सल्यानको दरबन्दी मिलनको विषयको बहस अझै एक महिना लम्बिएको छ । जिल्ला शिक्षा कार्यालयमा जिल्ला शिक्षा समिति र स्थानिय तहका प्रमुखको उपस्थितीमा बसेको बैठकले जिल्लाको दरबन्दी मिलानलाई अध्ययनका लागि एक महिना लाग्ने भन्दै तथ्यांक भेरीफाइका लागि थपिएको हो ।
आफ्ना क्षेत्रका दरबन्दी काटिने भएपछि जिल्ला शिक्षा कार्यालयले दिएको तथ्यांकमा स्थानिय तहका प्रतिनिधि विश्वस्त नभएको भन्दै फेरी भेरीफाईको अड्को थापेका हुन । जिल्लाको सदरमुकाम तथा सुगम स्थानमा विद्यार्थी भन्दा शिक्षक बढि भएको र दुर्गममा विद्यार्थी संख्या न्यून भएको भन्दै दरबन्दी मिलानका लागि स्थानिय तहका पदाधिकारी लागेका छन ।
शिक्षा ऐन २०२८ खारेज नभएको अवस्थामा स्थानिय सरकार संचालन ऐन अन्तरगत विभिन्न २३ शिर्षकमा स्थानिय तहलाई सहयोग, समन्वय र सहकार्य गर्न भनिएको छ । सत्ताको शक्ती स्थानिय तहमा पुगेका बेला जिल्ला शिक्षा कार्यालयलाई पनि समन्वयको जिम्मेवारी दिएर यो शैक्षिक शत्रमा जिल्लामा नै खटाइएको छ ।
स्थानिय सरकार भएको समयमा कक्षा ८ को परिक्षा संचालनका लागि समेत जिल्ला शिक्षाका कार्यालयको खातामा रकम राखिएको छ भने परिक्षा संचालनका स्थानिय तहले गर्नेछन । स्थानिय तहको विद्यार्थी संख्या र आवश्यकता अनुसार रकम उनिहरुलाई नै दिने टुंगो लागिसकेको जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार जिल्लामा प्राथमिक तहका शिक्षकको दरबन्दि विद्यार्थीको अनुपातमा बढि भएपनि निमावि र मावि तहमा विद्यार्थीको अनुपातमा शिक्षकहरु पुगेका छैनन ।
४० विद्यार्थीका लागि १ शिक्षक हुनुपर्ने भएपनि सल्यानमा प्राथमिक तहमा ४ सय भन्दा बढि शिक्षक छन तर निमाविमा २ सय ८३ र माविमा १ सय १३ शिक्षक कम रहेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार