बुटवल । रुपन्देहीको देबदह नगरपालिका ठोकावारमा युवा संघका कार्यकर्ता वसन्त पौडेल वलुको गोली हानी हत्याको विरोधमा आजबाट शुरु भएको अनिश्चितकालिन रुपन्देही बन्दको पहिलो दिन बन्दको प्रधाव उच्च रहेको छ ।

श्रृखलाबन्द्ध रुपमा आफ्ना नेता कार्यकर्तामाथि हत्या हुन थालेको भन्दै युवा संघ नेपाल रुपन्देहीले शनिबारदेखि अनिश्चितकालिन बन्द आह्वान गरेको हो ।
युवा संघले आज विहान ७ बजेदेखि अनिश्चितकालिन बन्द आह्वान गरेपनि सडकमा कुनै पनि बन्दकर्ता छैनन्।

सडकमा बन्दकर्ता नभएपनि बन्दको प्रभाव सबै क्षेत्रमा परेको छ । मानवचालित रिक्सा , सञ्चारकर्मिका सवारी र एम्बुलेन्स बाहेक अन्य सवारी हिडेका छैन्न् । शनिबारको दिन परेको बन्दले बिद्यार्थीहरु तथा अन्य स्थानीयहरु सडकमा हिडीरहेका छन् ।

बन्दको सहमतिमा बुटवलको अस्पताललाईनका सबै क्लिनीकहरु समेत बन्द रहेका छन् । सडकमा प्रहरी गस्ती समेत भईरहेको छ । समाचार तयार पार्द सम्म कुनै क्षति नभएको ईप्रका बुटवलले जनाएको छ ।

ढेकावारमा मोटरसाईकलमा आएका आज्ञात व्यक्तीहरुले छातीमा गोली हानेर फरार भएको प्रहरीले जनाएको छ । गोलिलागि गंभिर घाईते पौडेलको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारकैक्रममा मृत्यु भएको हो ।

हेरौँ केही तस्बीरहरु


आचार्य प्रदीप

आचार्य प्रदीप दैनिक पत्र दैनिकका संवाददाता हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार