बुटवल । रुपन्देहीमा मरिब ७ सय ब्यवसायीक पोल्ट्री फर्महरु सञ्चालनमा रहेका छन् । जिल्ला मा पोल्ट्र फर्मको शुरुवात २०५४ बाट शुरु भएको जिल्ला पशुशेवा कार्यलयका पशु रोग बिशेषज्ञ शुरेस मिश्रले जानकारी दिए ।

जिल्लामा बोईलर कुखुरा पनलज गर्ने ६ सय ६३ ब्यवसायी रहेका छन् । उनीहरुले बोईलर कुखुराको मात्रै उत्पादन गर्ने गरेका छन् । यस्तै जिल्लामा लेस कुखुरा पाल्ने २३ वटा फर्महरु रहेका छन् । हाँस फर्म पनि जिल्लामा २ वटा रहेका छन् । जिल्लामा अष्ट्रिज फर्महरु ५ वटा रहेका छन् ।

जिल्लामा संगम पोल्ट्री फर्म ले जिल्लामा सबै भन्दा बढि पोल्ट्री उत्पादन गर्ने गरेको छ । सोही फर्मले ६ हजार जति कुखुराहरु पाल्दै आएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
हाँस र कुखुराको मासु बार्षिक रुपमा १७ हजार २ सय १५ मेट्रिकटन उत्पादन हुँदै आएको छ। भने अण्डा ९ हजार ८ सय १९.८ हजार उत्पादन हुने गर्दछ ।
कुखुरा ६ महिनाबाट अण्डा दिन शुरु गर्दछ । अष्ट्रिजको बिक्रि बाट २२ करोड भन्दा बढि कारोबार हुने गर्दछ ।कुखुरा तथा हाँसको मासु २ सय ३० देखि २ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । भने अण्डाको मूल्य प्रति अण्डा १२ रुपैयाँमा कारोबार भइरहेको छ ।

जिल्लमा उत्पादीत माशु पाल्पा, पोखरा, काठमाण्डौ लगायतका स्थानमा जाने गरेको छ । पोल्ट्री फर्म सञ्चालकहरु यही हिसाबमा अगाडि बढेमा अबको ३ बर्ष भित्रमा पोल्ट्रीमा अत्मनिर्भर बन्ने मिश्राले जानकारी दिए ।


पुजा पन्थी

पुजा पन्थी दैनिक पत्र दैनिककी संवाददाता हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार