बुटवल : लाेक गायिका रमिला न्यौपाने हलो जोत्दै गरेको अबस्थामा भेटिदा गायक खुमन अधिकारी पनि संगै डल्ला फोरएका छन ।

चर्चित गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको नया गीत बजारमा आएको छ जुन गीत एकदमै संदेश मुलक पनि रहेको छ । गीतलाई ठटेउलि पारामा भिडियोमा प्रस्तुत गरिएको छ |

छोरी मान्छेले हलो जोत्न हुन्न र छोरा मान्छेले घरको साना तिना काम गर्न हुन्न भन्ने अन्धबिस्वासलाई भिडियोमा प्रस्तुत गरिएको छ | भिडियोमा गायक खुमन अधिकारीले अभिनय पनि गरेका छन् |

साथै भाडा माझ्ने जातो पिन्ने जस्ता काम गरेका छन् भने गायिका पनि आफै प्रस्तुत भएर हलो जोत्ने घर छाउने जस्ता कार्य पनि भएको छ | खुमन अधिकारीको लय तथा रमिला न्यौपानेको शब्दमा रहेको उक्त गीत आशिष म्युजिक प्रा ली बाट बजारमा आएको छ भने चर्चित निर्देशक प्रकाश भट्टले उक्त भिडियोमा निर्देशन गरेका छन् |

राजेश घिमिरेको छायांकनमा रहेको उक्त भिडियोको सम्पादन भने बिष्णु शर्मा ले गरेका हुन् | सो गित रमिला न्यौपाने र राम प्रसाद कंडेलको संयुक्त एल्बम पनि हो |


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार