चिसो मौसममा मुटुमा समस्या अाए कसरी बच्ने ?

डा. सञ्जय हुमागाईं
मुटुरोग विशेषज्ञ
धुलिखेल अस्पताल
नसर्ने रोगमध्ये मुटुरोग धेरै जटिल रूपमा देखा परिरहेको छ । मुटुरोगले कैयौँ व्यक्ति पीडित छन् । विश्वमै मुटुरोगका बिरामी बढिरहेका छन् । नेपालमा पनि यस्ता रोगीको संख्या धेरै छ । विभिन्न अध्ययन, अनुसन्धानले जाडोमा मुटुरोगी बढ्ने गरेको देखाएका छन् :

-जाडो मौसममा शरीरबाहिरको तापक्रम कम हुन्छ । यस्तो हुँदा शरीरमा नसा खुम्चिने समस्या हुन्छ । मुटुमा रगत सञ्चालन हुने नसा पनि खुम्चिन्छ ।

-शरीरमा कम तापक्रम भएर रगत पूर्ति कम भएपछि छाती दुख्ने समस्या पैदा हुन्छ ।

-जाडो मौसममा ‘सडेन डेथ हर्टअट्याक’ हुने सम्भावना बढी हुन्छ । खासगरी, बिहानको समय ३–४ बजेतिर हर्टअट्याकको खतरा बढी हुने अनुसन्धानले देखाउँछ ।

-यो शरीरमा हर्मोन रिलिज हुने समय हो ।

-उमेर बढ्दै जाँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दै जान्छ । युवा अवस्थामा पनि खानपिन, अव्यवस्थित जीवनशैलीका कारण मोटोपन बढ्दै जान्छ । कोलेस्ट्रोल मुटुको नसामा जम्दै जान्छ । यो वेलासम्म पनि मुटुरोगको लक्षण खासै देखिँदैन । तर, हर्टअट्याक भएर मृत्यु हुने सम्भावना बढी हुन्छ ।

-जाडो मौसममा दमका बिरामी पनि बढ्ने गर्छन् । शरीरको तापक्रम कम हुँदा मान्छेलाई श्वास फेर्न गाह्रो हुन्छ । मुटुरोग र दमका लक्षण उस्तै देखिने भएकाले पनि धेरै बिरामी अस्पताल आउने गर्छन्।

कसरी बच्ने ? 
जाडो मौसममा देखा पर्ने रोगहरूबाट बच्न जीवनशैली व्यवस्थित बनाउनुपर्छ । दैनिक बिहान ३० मिनेट हिँड्नुपर्छ । खानपानमा विशेष ध्यान दिनुपर्छ । चिल्लो, पिरो, जंकफुडबाट टाढै रहनुपर्छ ।

ताजा अपडेट
सम्बन्धित समाचार