बुटवल । दोस्रो चरणको रुपमा बिहान ७ बजे बाट देशका ४५ वटा जिल्लामा सञ्चालन भएको मतदान प्रक्रिया रुपन्देहीमा ६८ प्रतिशत भन्दा माथी भएको छ ।
निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीका अनुसार यो पटक जिल्लामा ७० प्रतिशत मतदान हुने अनुमान गरीएको बताए । हाल सम्म जिल्लाका धेरै स्थानमा मतदान प्रक्रिया सम्पन्न भए पनि केही स्थानमा बाँकी रहेको उनले बताए ।

मतदान चुस्त बनाउनका लागि २ सय ८ मतदान स्थल र ५ सय ९८ मतदान केन्द्रमा ४ हजार ७ सय ८४ जना कर्मचारी खटिएका छन्। रुपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता छन्, जसमध्ये २ लाख ५८ हजार ७ सय ८३ जना पुरुष, २ लाख ६३ हजार ८ सय १३ जना महिला र ६ जना तेस्रोलिङ्गी रहेका छन्।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार आम जनताको घरदेखि मतदान स्थलसम्मको सुरक्षा कडा बनाइएको छ। नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीका गस्ती टोली ठाउँ ठाउँमा परिचालित छन्।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार