बुटवल : नेपाल प्रहरीले भोलि हुने निर्वाचनका लागि सुरक्षाको मजबुत व्यवस्था गरिएको बताएको छ । निर्वाचनको अघिल्लो दिन बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले एउटा मतदान स्थलमा ६५ जना सुरक्षाकर्मी खटाइएको जानकारी दिएको छ ।

थप सुरक्षाकर्मी र हवाई सुरक्षाको पनि प्रवन्ध मिलाइएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । कुनै स्थानमा केही भएमा ५ मिनेटभित्रै सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको नेपाल प्रहरीले जनाएको छ ।

अहिलेसम्म निर्वाचन विरोधी गतिविधिमा सम्लग्न ६ सय जना पक्राउ परेको न्पौपानेले जानकारी दिए । पक्राउ परेका सबै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता हुन् । विप्लव पनि प्रहरीको खोजीमा रहेको बताइएको छ ।

त्यस्तै सिके राउत समूहका १३ जना पक्राउ परेका छन् भने अन्य ३५५ जना समातिएका छन् । निर्वाचन सुरक्षाका लागि कुल जनशक्तिको करिब ९० प्रतिशत परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार