बुटवल : बुटवल मिडिया प्रकाशन प्रालद्वारा प्रकाशित दैनिक पत्रको १४ औँ वार्षिकोत्सवको अवसरमा विहिबार बुटवलमा नियमित रक्तदान गर्ने १४ जनालाई सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम अन्तर्गत पत्रिकाले नियमित रक्तदान गर्ने रक्तदातालाई सम्मान र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बुटवल तथा आसपासका विभिन्न व्यतिहरुले रक्तदान गरेका छन् । यस्तै नियमित रुपमा रक्तदान गर्ने १४ जनालाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

उनीहरुलाई बुटवल उप महानगरपालिका पूर्व उपमेयर तथा समाजसेवी विमल बहादुर शाक्यले दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि वुटवल उपमाहनगरपालिकाका पूर्व उपमेयर विमल वहादुर शाक्य, विशिष्ट अतिथि वुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवन प्रसाद वझा, रिर्पोर्टस कल्ब नेपालका अध्यक्ष ऋषि धमला, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति गोविन्द खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष निरु गौतम, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान लगायत रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाक्यले रक्तदान जीवन दान हो । मानव जीवनमा यसको निकै ठूलो महत्व छ । वुटवल मिडिया प्रकाशन प्रालि ले १४ औ वार्षिकोत्सवका अवसरमा लामो समय देखि रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान र रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुसी ब्यक्त गर्दै बधाई तथा शुभकामना व्यक्त गरे ।

त्यस्तै विशिष्ट अतिथि जीवन प्रसाद वझाले कार्यक्रममा बोल्दै दैनिकपत्रले १४औ वार्षिकोत्सव रक्तदान लगायतका विभिन्न रचनात्मक काम गरेर भव्य रुपमा मनाएको देख्दा वुटवलबासी निकै खुसी भएको धारण व्यक्त गरे । उनले वुटवलको पत्रकारितामा दैनिकपत्र र जनसंघर्षको विशेष स्थान रहेको आफुले महशुस गरेको बताए ।

सो कार्यक्रममा बोल्दै रिपोटर्स कल्ब नेपालका अध्यक्ष ऋषि धमलाले वुटवल पत्रकारितामा मोफसलको राजधानीका रुपमा प्रख्यात छ । यसको नेतृत्व वुटवल मिडिया प्रकाशन प्रा.लि.द्वारा प्रकाशित दैनिकपत्र र जनसंघर्ष लगायतका सञ्चार माध्यमले सगौरव गरिरहेको र दिनप्रतिदिन दैनिकपत्रको गुणस्तर र उचाई बढ्दै गई राष्ट्रिय स्तरका पत्रिकाहरुको उच्च कोटिमा पुगेको आफुले महशुस गरेको बताए ।दैनिकपत्रले रगतको राजधानी वुटवल भन्दै उच्च महत्वका साथ समाचार छापेको देख्दा आफु निकै खुसी भएको चर्चा गर्दै रगतको राजधानीका साथै वुटवल प्रदेश नं ५ को राजधानी पनि बुटवल नै हुने कुरामा आफु विश्वस्त रहेको बताए ।

सो कार्यक्रममा शान्ति समाजका केन्द्रिय उपसभापति गोविन्द खनालले बोल्दै दैनिकपत्र र जनसंघर्ष लुम्बिनी अञ्चलको पत्रकारिताको गौरव भएको चर्चा गर्दै मानव अधिकार र शान्तिको पक्षमा यस क्षेत्रबाट प्रकाशित सञ्चार माध्यम र पत्रकारहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष निरु गौतमले दैनिकपत्रले वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेका रचनात्मक कार्यक्रमहरुले पत्रकारिता र पत्रकारहरुको गरिमा र प्रतिष्ठा बढाएको बताईन् ।

त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान,दैनिकपत्रका प्रवन्ध सम्पादक ऋषि आजाद, पत्रकार उषाकिरण पन्थले दैनिकपत्रले मोफसलको पत्रकारितामा अग्रणि भूमिका खेल्दै अगाडि बढेकोमा बधाई दिदै उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरे ।कार्यक्रममा वुटवल मिडिया प्रकाशन प्रालिका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईंले आमन्त्रित प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र रक्तदान कार्यक्रममा सहभागि सबैलाई आभार तथा धन्यवाद व्यक्त गर्दै दैनिकपत्रको १४ औ वार्षिकोत्सवका आगामी कार्यक्रम बारे जानकारी गराएका थिए ।

कार्यकारी सम्पादक सी.पी. खनालको सञ्चलनमा भएको कर्यक्रममा रक्तदान कार्यक्रमका संयोजक तेजेन्द्र केसीले कार्यक्रमको महत्व बारे प्रकाश पारेका थिए । दैनिक पत्रले वार्षिकोत्सवको अवसरमा बिभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको छ । मंसीर ११ गते देखि शुरु भएकोे दैनिक पत्रको वार्षिकोत्सव बिभिन्न चरणमा गरी माघ मसान्त सम्म जारी रहने छ ।

यस क्रममा मंसीर १६ गते कविता वाचन र त्यसको केही समय पछि लेखकहरु बिच अन्तरसंवादका साथै चरणबद्ध रुपमा प्रदेश नम्बर ५ र अन्य बिभिन्न क्षेत्रमा संघीयता र आर्थिक समृद्वि बिषयमा अन्तरक्रियात्मक कार्यक्रम एवम् माघ २९ गते सोही विषयमा केन्द्रित रही भव्य र आकर्षक विशेषाङ्क प्रकाशन गरिने प्रकाशन संस्थाका कार्यकारी प्रमुख तथा दैनिक पत्रका प्रधान सम्पादक बालकृष्ण चापागाईंले बताए ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार