बुटवल : खस्यौली एफएमले चौथो दैनिकपत्र मिडिया कप भलिवल प्रतियोगिता–२०७४ को उपाधि कब्जा गरेको छ ।
बुटवल मिडिया प्रकाशन प्रालिले दैनिपत्रको वार्षिकोत्सवको अवसरमा बुटवल मण्डपमा भएको फाईनल खेलमा लुम्बिनी टेलिभिजनलाई ३–१ को सेटले हराउँदै खस्यौलीले उपाधि हात पारेको हो ।

उपाधि संगै खस्यौलीले नगद १५ हजार, कप र मेडल प्राप्त गरेको छ भने उपबिजेता बनेको लुम्बिनी टेलिभिजनले १० हजार पुरस्कार पाएको छ । प्रतियोगितामा बुद्ध टेलिभिजनले तेस्रो हुँदै ५ हजार नगद पुरस्कार पाएको छ ।

उपाधि बिजेता खस्यौलीले २५–११, २३–२५ र २५–२० र २५–१९ को नतिजा निकालेको थियो । त्यस अघि अन्तिम क्वाटरफाईनलमा खस्यौलीले आयोजक दैनिकपत्रलाई २५–२३ र २५–१७ को सेटले पाखा लगाएको थियो । सेमिफाईनलमा खस्यौलीले बुद्ध टेलिभिजनलाई २५–१८ र २५–१८ मा हार चखाउँदै फाईनलको यात्रा तय गरेको थियो ।

दोस्रो सेमिफाईनलमा तिनाउ एफ एम लाई २५–१८ र २५ –९ को सेटमा हराउँदै लुम्बिनी टेलिभिजन फाईनलमा प्रवेश गरेको थियो ।
तेस्रो स्थानका लागि बुद्ध टेलिभिजनले तिनाउ एफएम संग २५–१२ र २५–२३को नतिजा निकाल्यो । १२ वटा टिम सहभागी रहेको प्रतियोगिताको उपाधि एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रदान गरेका थिए ।

मंसीर ११ गते देखि शुरु भएकोे दैनिक पत्रको वार्षिकोत्सव बिभिन्न चरणमा गरी माघ मसान्त सम्म जारी रहने छ । यस क्रममा मंसीर १४ गते रक्तदान , १६ गते कविता वाचन र त्यसको केही समय पछि लेखकहरु बिच अन्तरसंवादका साथै चरणबद्ध रुपमा प्रदेश नम्बर ५ र अन्य बिभिन्न क्षेत्रमा संघीयता र आर्थिक समृद्वि बिषयमा अन्तरक्रियात्मक कार्यक्रम एवम् र माघ २९ गते सोही विषयमा केन्द्रित रही भव्य र आकर्षक विशेषाङ्क प्रकाशन गरिने प्रकाशन संस्थाका कार्यकारी प्रमुख तथा दैनिक पत्रका प्रधान सम्पादक बालकृष्ण चापागाईंले बताए ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार