बुटवल बुटवल उपमहानगरपालिका नगर प्रमुख शिवराज सुवेदीले पत्रकारितामा मोफसलको राजधानीका रुपमा परिचित वुटवलको विकास र समृद्धिमा वुटवल मिडिया प्रकाशन प्रा.लि.द्वारा प्रकाशित दैनिकपत्र र जनसंघषका साथै अन्य विभिन्न पत्रपत्रिका, विद्युत्तीय सञ्चार माध्यम र पत्रकारहरुको योगदान महत्वपूर्ण रहेको बताए ।
उनले दैनिकपत्र दैनिकको साईज,पृष्ठ संख्या र विषय वस्तुको गुणस्तरलाई हेर्दा राष्ट्रिय स्तरका पत्रिकाहरुको उच्च कोटिमा भएको आफुले पाएको बताए ।
बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित दैनिक पत्र राष्ट्रिय दैनिकको १४ औँ वर्ष प्रवेशका अवसरमा सोमबार देखि प्रारम्भ दैनिकपत्र मिडिया कप–२०७४ मङगलबार समापन भएको छ । सो कार्यक्रममा बोल्दै नगरप्रमुख सुवेदीले दैनिकपत्रले १४औ वार्षिक उत्सवका अवसरमा भलिवल प्रतियोगिता लगायतका विभिन्न रचानात्मक काम गरेकोमा वुटवल उपमहानगरपालिकाका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे ।

बुटवल मण्डप रामनगरमा दुई दिनसम्म चलेको खेलमा आयोजक दैनिक पत्र संगै १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा दैनिक पत्र , लुम्बिनी टेलीभिजन,बुद्ध टेलीभिजन,तिनाउ एफ एम,रेडियो नमस्ते ,रेडियो जागरण, मलमला एफ एम, गौतमबुद्ध सन्देश दैनिक , खस्यौली एफ एम, रेडियो समावेसी, सैनामैना एफ एम, रेडियो लुम्बिनी सहभागी रहेका थिए ।

त्यस्तै नेपाल भलिवल संघका पूर्व केन्द्रिय सदस्य टुकबहादुर क्षेत्रीले दैनिकपत्रको १४ औँ वार्षिक उत्सवमा राष्ट्रिय खेल भलिवल प्रतियोगिता लगायतका विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेकोमा हार्दिक बधाई दिदै यस्ता खालका कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तरता दिन सुझाव दिए ।

सोही कार्यक्रममा लुम्बिनी सामुदायिक टेलिभिजनका समाचार सम्पादक भगवति पाण्डेले दैनिकपत्रले भलिवल खेलको आयोजना गरी पत्रकारहरुलाई एउटा महत्वपूर्ण अवसर दिएको र उनीहरु लेखन र समाचार सम्प्रेषणमा मात्र नभएर खेलहरुमा पनि दक्ष छन् भन्ने कुरा पुष्टि गरेको बताईन् ।

कार्यक्रममा बोल्दै दैनिकपत्रका प्रधान सम्पादक बालकृष्ण चापागाईंले खेलमा रुपन्देहीका ख्याति प्राप्त सञ्चार माध्यम र सक्रिय पत्रकारहरुको उत्साहपूर्ण सहभागिता भएकोमा खुसी प्रकट गर्दै खेलमा सहभागी तथा उत्कृष्ट नतिजा ल्याउने सबैलाई हार्दिक बधाई तथा शुभकामना दिए ।सो कार्यक्रममा दैनिकपत्रका प्रबन्ध सम्पादक क्रषि आजादले दैनिकपत्रको वार्षिकोत्सवका कार्यक्रमको महत्व प्रकाश पारेका थिए ।

 


पुजा पन्थी

पुजा पन्थी दैनिक पत्र दैनिककी संवाददाता हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार