कपिलवस्तु : बाणगंगा नगरपालिका–२ पिपरामा बुटवलमा ट्रकले ठक्कर दिँदा गएराति दुई जनाको मृत्यु भएको छ।

पश्चिमबाट आउँदै गरेको ना २ ख ९९२९ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु १६ प ५२०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देही सैनामैना नगरपालिका– १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए।

उनीहरुको मृत्यु घटनास्थलमै भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार