मोफसलको पत्रकारितामा दैनिकपत्र अब्बल : आचार्य

बुटवल : बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित दैनिक पत्र राष्ट्रिय दैनिकको १४ औँ वर्ष प्रवेशका अवसरमा सोमबार देखि दैनिकपत्र मिडिया कप सुरु भएको छ । कार्यक्रम प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले एक भव्य समारोहका बिच उद्घाटन गरे ।
बिहान ९ बजे बाट बुटवल मण्डप रामनगरमा सुरु भएको खेलमा आयोजक दैनिक पत्र संगै १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा दैनिक पत्र , लुम्बिनी टेलीभिजन,बुद्ध टेलीभिजन,तिनाउ एफ एम,रेडियो नमस्ते ,रेडियो जागरण, मलमला एफ एम, गौतमबुद्ध सन्देश दैनिक , खस्यौली एफ एम, रेडियो समावेसी, सैनामैना एफ एम, रेडियो लुम्बिनी सहभागी रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले मोफसलको पत्रकारितामा दैनिकपत्र अब्बल पत्रिकाको रुपमा स्थापित र जनस्तरमा विश्वसनीय पत्रिकाको रुपमा आफुले पाएको बताए ।
१४औ वार्षिक उत्सवका अवसरमा भलिवल खेलको आयोजना गरेर दैनिकपत्रले पत्रकारहरु बिचको सामिप्यता र मैत्री भावको विकास गराउनुका साथै उनीहरुमा मनोवल बढाउने काम गरेकोे बताए । पत्रकारहरुले आचार संहितामा ध्यान दिदै आफ्नो पेसालाई व्यवसायिक,मर्यादित र अझ विश्वसनीय बनाउनु पर्नेमा जोड दिए ।
त्यस्तै गरी लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले सामाजिक जागरण र परिवर्तनमा पत्रकारिता क्षेत्रको निकै ठूलो महत्व रहेको चर्चा गर्दै पत्रकारिता क्षेत्रबाट आर्जन गरेको अनुभवले विश्वविद्यालयको कार्यसम्पादनमा आफुलाई निकै सहयोग पुगेको धारणा व्यक्त गरे ।पत्रकारिता क्षेत्रमा काम गरेको व्यक्ति जुनसुकै क्षेत्रमा पनि कार्यसम्पादन गर्न सक्षम हुने बताए ।
सो कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले दैनिकपत्र,जनसंघर्ष र स्वाधीन पत्रिका आफुले नियमित पढ्ने गरेको चर्चा गर्दै केही वर्ष यता दैनिकपत्रको स्तर निकै वृद्धि भई राष्ट्रिय स्तरका उच्चकोटिको दैनिक पत्रिकाका रुपमा आफुले पाएको बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा पूर्व सभासद विनोद पहाडिले दैनिकपत्र द्वारा आयोजित भलिबल प्रतियोगिता,रक्तदान कार्यक्रम,कवि तथा लेखक सम्मेलन,संघियता र आर्थिक समृद्धि विषयक अन्तक्र्रियात्मक कार्यक्रम बाट आफ्नो पहिचानलाई उच्च बनाउनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द« जिसी, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष बिक्रम खड्का, प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष लक्ष्मण पौडेल, प्रेस सेन्टर प्रदेश नं ५ का उपाध्यक्ष रुद«हरि कुंँवर, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष श्याम पोख्रेल, प्रेस सोसाईटी प्रदेश नं ५ का संयोजक टोपराज शर्मा लगायतले बोल्दै, दैनिकपत्रको १४औ वार्षिक उत्सवका अवसरमा रचनात्मक सुझाव सहित शुभकामना व्यक्त गरे ।
वुटवल मिडिया प्रकाशन प्रालिका कार्यकारी प्रमुख तथा दैनिकपत्रका प्रधान सम्पादक बालकृष्ण चापागाईंले दैनिकपत्रको आगामी योजनाहरु प्रस्तुत गर्दै भलिबल प्रतियोगतामा सहभागि टिमलाई स्वागतका साथ सफलताको शुभकामना दिए ।
प्रतियोगिताको प्रथम हुने टिमले नगद १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र तथा द्वितिय टिमले नगद १० हजार र तृतिय हुने टिमले नगद ५ हजार तथा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।खेलको समापन प्रतियोगिता सम्पन्न भईसकेपछि गरिने खेल संयोजक लक्ष्मण पोखरेलले जानकारी दिए । प्रतियोगिता हेर्न ईच्छुक सबैलाई प्रवेशका लागि निशुल्क व्यवस्था गरिएको छ ।
मंसीर ११ गते देखि शुरु भएकोे दैनिक पत्रको वार्षिकोत्सव बिभिन्न चरणमा गरी माघ मसान्त सम्म जारी रहने छ । यस बिचमा मंसीर १४ गते रक्तदान , १६ गते कविता वाचन र त्यसको केही समय पछि लेखकहरु बिच अन्तरसंवादका साथै चरणबद्ध रुपमा प्रदेश नम्बर ५ र अन्य बिभिन्न क्षेत्रमा संघीयता र आर्थिक समृद्वि बिषयमा अन्तरक्रियात्मक कार्यक्रम गरिने छ ।
कार्यक्रमको अन्त्यतिर माघ २९ गते सोही विषयमा केन्द्रित रही भव्य र आकर्षक विशेषाङ्क प्रकाशन गरिने प्रकाशन संस्थाका कार्यकारी प्रमुख तथा दैनिक पत्रका प्रधान सम्पादक बालकृष्ण चापागाईंले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार