बुटवल : दैनिक पत्र दैनिककोे १४ औं वार्षिकोत्सवको अवसरमा हुुने ‘चौथो दैनिक पत्र मिडियाकप भलिवल प्रतियोगिता’मा १२ टिमको सहभागिता हुने भएको छ । दैनिक पत्रको प्रकाशन संस्था बुटवल मिडिया प्रकाशन प्रा.लि.को आयोजनामा मंसिर ११ गतेदेखि हुने प्रतियोगितामा रुपन्देहीमा रहेका १२ वटा मिडियाले टिम दर्ता गरेका छन् ।

प्रतियोगितामा भैैरहवाबाट प्रकाशित गौतमबुद्ध सन्देश, रेडियो लुम्बिनी मणिग्राम, बुटवल एफएम, लुम्बिनी सामुदायिक टेलिभिजन, रेडियो मलमला मुुर्गिया (सैनामैना), बुद्ध सामुदायिक टेलिभिजन, रेडियो समावेशी, रेडियो जागरण, तिनाउ एफएम, सैैनामैैना एफएम र खस्यौली एफएम प्रतियोगितामा सहभागि हुने प्रतियोगिताका संयोजक लक्ष्मण पोखरेलले बताए ।

प्रतियोगितामा आयोजक दैनिक पत्र टिमको समेत सहभागिता हुनेछ । प्रतियोगिताको खेलतालिका केही दिनमै प्रकाशित गरिने छ ।प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार नगद पुरस्कार सहित कप र मेडल पाउनेछन् । दोस्रो हुनेले १० हजार र तेस्रो हुने टिमले ५ हजार नगद सहित मेडल र कप पाउने छन् । दैनिक पत्रले ०६१ सालदेखि मिडियाकप भलिवल प्रतियोगिता गर्दै आएको थियो । केही वर्ष स्थगित प्रतियोगितालाई यो वर्षदेखि निरन्तरता दिइने भएको छ ।

दैनिक पत्रले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । मंसिर १४ गते रक्तसञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम हुने भएको हो । त्यस्तै मंसिर १६ गते बुटवलमै कवि सम्मेलनको आयोजना गरिएको छ ।

वार्षिकोत्सवको विशेषांक माघ २८ गते प्रकाशित हुनेछ भने यसबीचमा संघीयता र आर्थिक समृद्धि विषयमा प्रदेश नम्बर पाँच लगातका बिबिध क्षेत्रमा अन्र्तक्रियात्मक कार्यक्रम हुनेछन् । त्यस्तै बुटवलमै वार्षिकोत्सवको अवसरमा बृहद लेखक सम्मेलन आयोजना गरिने संस्थाका कार्यकारी प्रमुख तथा दैनिक पत्रका प्रधानसम्पादक वालकृष्ण चापागाईंले जानकारी दिए ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार