बुटवल : खोप ईन्जीनियरिङ्ग कलेज भक्तपुरको आयोजनामा सञ्चालन भएको देश विकासमा ईन्जिनीयर तथा आर्किटेक्चरको भूमिका बिषयक बक्तृत्वकला प्रतियोगितामा कान्ति मा.वि. बुटवलबाट बिज्ञान बिषयमा प्लस टु उत्तीर्ण गरी उक्त कलेजमा सिभिल ईन्जीनियरिङ्ग ब्याचलर्स लेवल प्रथम वर्षमा अध्ययनरत सन्देश चापागाईंंले प्रथम स्थान हाँसिल गरेका छन् ।

देश निर्माणमा ईन्जिनीयरहरुको भूमिका महत्वपूर्ण भएको भन्दै आयोजकले यो विषयमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

कलेजका १८ जना बिद्यार्थीहरु बिच भएको प्रतियोगितामा चापागाईं प्रथम बनेका हुन् । प्रतियोगिता शुक्रबार भएको थियो ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार