घनश्याम पौडेल
अर्घाखाँची: अर्घाखाँची जिल्लाको विकट भनेर चिनिने सिद्धाराबासी मतदान गर्न पैदल हिडेर ६ घण्टा जानुपर्ने बाध्यता छ । सितगंगा नगरपालिका ९ का बासिन्दा स्थानिय तहको निर्वाचनमा पनी ६ घण्टा पैदल हिडेर मतदान गर्न गए । पाकुरी मतदान केन्द्रमा जान सिद्धाराबाट ६ घण्टा र नयाँ बस्तीबाट ३ घण्टा हिडेर जानुपर्छ मतदातालाई मतदान गर्न जान निकै गाहृो छ सिद्धाराबासी ज्ञानेश्वर वेल्वासेले भने ।

यहाँका २ सय मतदाता मतदान गर्न जाँदैनन् । पैदल हिँडेर जाँदा बास बस्नु पर्ने भएकाले हिडेर फर्किन सक्नेहरु मात्रै मतदान गर्न जान्छन् ।

नक्साका आधारमा मतदान केन्द्र ठिक भएपनी बस्तीका आधारमा ठिक ठाउँमा तय नगरिएको उनले भने, पटक पटक सिद्धाराबासी ४०० घरलाई मतदान केन्द्र अपाई भएको बेल्वासेले भने । यहाँको मतदान केन्द्र ७० घरलाई मात्र ठिक छ, अन्य सवैलाई अपाई छ, पाई पर्ने ठाउँ सङकर ज्योती आधारभुत प्राविमा छहरेको स्कुलमा यहाँका घरधुरीको नाम सार्न आग्रह गरेपनी कसैले नसुनेको उनले बताए ।
मतदान गर्न जानका लागी चुनावका दिन गाडी चल्दैनन मतदान गर्न जान वृद्धवृद्धालाई निकै गाहृो छ सिद्धाराकै मधुसुदन बेल्वासेले भने । यहाँका २०० मतदाता मतदान गर्न जादैँनन हिडेर जादाँ उही बास बस्नु पर्ने हुन्छ, तर बास बस्ने ठाउँ पनी राम्रो छैन यसैले मतदाता मतदान गर्न जादैनन ।

बिहान हिडेर बेलुका फर्किन सक्ने मतदाता मात्र मतदान गर्न जान्छन, बेल्बासेले भने नेताहरुले मतदान गर्न जानका लागी आग्रह गर्छन तर यहाँकाले मतदान गरेर कहिल्यै विकास हुने होईन भनेर मतदान गर्न जानका लागी इच्छुक पनी छैनन ।

मतदान गर्न जानेहरु विहान सँगै जाने गर्छन, जंगली जनाबर देखी चुनावमा हुने डरले सवै रमाईलो गर्दै मतदान गर्न जान्छन । यहाँ मात्र होईन सितगंगा नगरपालिकाका अधिकाशं ठाउँमा मतदान गर्न जान बासीन्दालाई निकै गाहृो पर्छ, चुनावका दिन गाडी चल्दैनन अघिल्लो दिन गए बस्ने ठाउँ पनी पाईदैन । यहाँका सिद्धारा, सिमलपानी, जलुकेका मतदातालाई मतदान गर्न जानका लागी गाहृो भएको स्थानिय बासीको गुनासो रहेको छ, बासिन्दाको गुनासोलाई मध्यनजर गरी प्रदेश र प्रतिनिधी सभाको निर्वाचन पछी हुने निर्वाचनमा मतदान गर्न जानका लागी सहज हुने केन्द्र खोज्नका लागी सम्बन्धीत निकाएको ध्यान जाओस ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार