वुटवल : रुपन्देहीमा धानको उत्पादन ८ हजार मेट्रिक टनले घटेको छ । धान खेतीका लागी आवश्यक मलखादको सहज आपूर्ति र समयमै वर्षा भएता पनि धानको उत्पादनमा वृद्वि हुन भने सकेको छैन ।

कृषि विकास कार्यलय रुपन्देहीका वाली विकास अधिकृत विनोद ज्ञवालीका अनुसार आव ०७२÷०७३मा ६लाख ९हजार ६ सय हेकटर क्षेत्रफलमा लगाईएको धानको उत्पादन ३ लाख २० हजार १ सय ६० मेट्रिक टन रहेको थियो ।

आव ०७४ मा ६ लाख ९ हजार ६ सय हेकटर क्षेत्रफलमा लगाईएको धानको उत्पादन ३ लाख ४ हजार ८ सय रहेको छ । यस आवका ०७५ मा ६ लाख ९ हजार ३ सय हेक्टर क्षेत्रफलमा गरीको धान खेतीको उत्पादनमा ३ लाख ४ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरीएको छ ।

धान खेतीमा संलग्न कृष्कहरुलाई अनुदानमा बिउ, किटनाशक, कृषि, औजार, समयमा नै उपल्बध गराए पनि क्षेत्रफल घटेको हुँदा उत्पादनमा कमि भएको ज्ञवालीले बताए ।धान खेतीमा सुरुमा घडेरीकरणको समस्या आयो जसका कारण क्षेत्रफमा कमि हुन गएर विगतका वर्षहरुमा भन्दा यो वर्ष धानको उत्पादनमा कमि आयो ।

उनी भन्छन धान खेतीमा कृषकहरुको अत्याधुनिक कृषियन्त्र तर्फ आकर्षण बढ्नु उन्नत जातका धानका बिउहरु प्रयोग गर्नु र परम्परागत खेती गर्ने तरीकामा परिवर्तन आएता पनि अहिले आएको बाढि पहिरोको क्षती र बाँझो जग्गा र घडेरीकरणका कारण उत्पादनमा कमि हुन गएको हो ।
जिल्ला कृषि विकास कार्यलय रुपन्देहीका अनुसार समग्रमा धानको उत्पानदमा गत वर्षको भन्दा कमी भएता पनि उत्पादकत्व गतवर्षको हाराहारिमा नै रहने अनुमा गरीएको बताएको छ ।

धानहरुमा सबै भन्दा धेरै हाइब्रेड धान बढी उत्पादन हुने गर्दछ । अहिलेको सालमा सांवा धान, गोरखनाथ,चौष्ठ÷चौवालीस,राधा, राधा–४, धान रोपिएको थियो जस मध्ये गोरखनाथ, चौष्ठ÷चौवालीस धान बढी मात्रामा उत्पादन भएको छ । धानलाई जति बढि सुकायो तेति नै राम्रो हुने हो । धान काटि सकेपछि २÷३ घाममा धानलाई सुकाउनु पर्छ । यदि खाद्यान्नको लागि हा भने लामो समय सम्म घाममा सुकाउदा राम्रो हुने र यदि बिउको लागि हो भने २÷३ घाममा सुकाएर १३ प्रतिशत चिस्यानमा रहन दिनुपर्ने ज्ञवाली बताउछन् ।

उनी भन्छन्ः धान काट्दा प्राय किसानहरु आतिने र छिटो काट्ने गर्छन । धानलाई हामिले टाढा बाट हेर्दा पहेंलो पाके जस्तो देखेता पनि खासमा त्यो भित्र बाट राम्रो सँग पाकेको हुदैन जस्ले गर्दा आधा धान खेर गईरहेको हुन्छ । त्यसैले सबै भन्दा पहिले धान राम्रो सँग पाकेको छ वा छैन त्यो हेर्ने, हामिले रोपेको धानमा अरु पनि धान मिसिने हुँदा बिउ उत्पादन किसानहरुले धान काट्नु भन्दा पहिले अन्य जातको धान निकालेर फ्याक्नु पर्दछ
जिल्ला कृषि विकास कार्यलय रुपन्देहीले जिल्लामा १८० हेक्टर क्षेत्रफलमा बीउ उत्पादन गर्न अनुदान दिदै आएको छ ।

आयोजना अन्र्तगत अनुदान लिएर धान खेती गर्दे आएका कृषकलाई कृषि विकास कार्यलयले तालिम,बीउ,विजन,र किटनाशक औषधि, उपल्बध गराउदै आएको छ ।


पुजा पन्थी

पुजा पन्थी दैनिक पत्र दैनिककी संवाददाता हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार