दशरथ घिमिरे
देउखुरी : नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले वामपन्थीहरूको बीचको एकता जनताको हितमा भएको बताएका छन् । जनताको मुहारमा खुसी ल्याउन वामपन्थीहरूको बीचमा एकता भएको र वामपन्थी गठबन्धनका साझा उम्मेदवार जिताउन गाउँ तहमा परिचालन हुन निर्देशन दिएका छन् ।

संयुक्त निर्वाचन परिचालन कमिटी निर्वाचन क्षेत्र नं. १ को आयोजनामा मंगलबार लमहीमा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महराले वाम गठबन्धनका कार्यकर्ता विचारमा बलियो हुनुपर्ने र संयुक्त घोषणा पत्रको सन्देश सबैमाझ पु¥याउन अपील गरे । ‘वाम गठबन्धनलाई चुनावी तालमेलको दृष्टिकोणले हेर्दा गलत हुन्छ, पार्टी एकताको लागि हामी अघि बढिसकेका छौं’, उनले भने– ‘दाङ जिल्लाका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका साझ उम्मेदवारहरूलाई विजय बनाउने महाअभियानमा केन्द्रित हुन सबैमा आग्रह गर्दछु ।’

वामपन्थीहरूको नेतृत्वमा आगामी २० वर्षसम्म सरकार चल्ने र आर्थिक समृद्धिबाट जनताको जीवनस्तर माथि उठाउने दिशामा केन्द्रित हुने बताए । यस्तै प्रशिक्षण कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले नेपालमा बलियो कम्युष्टि पार्टी बनाउने दिशामा अघि बढेको र यस अभियानलाई जनताले उत्साहको रूपमा लिएको बताए ।

‘दाङसहित सिंगो नेपालको समृद्धिको अभियान थालनी हुने छ, जनताका आकाक्षाहरू पुरा गर्दै सबैलाई सम्पन्न बनाउने दिशामा काम हुने छ’, उनले भने– ‘साझा घोषणा पत्र मार्फत मतदाताको माझमा जादैछौं, घोषणा पत्रको आधारमा निर्वाचनपछि काम हुने छ ।’ पार्टी एकीकरण राष्ट्रिय आवश्यकतामा आधारित भएको भन्दै लामो छलफलबाट पार्टी एकीकरण गर्ने विषय टुङ्गोमा पुगिसकेको उनले बताए ।

संयुक्त निर्वाचन परिचालन समितिका संयोजक शुरामणी बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र नं. १ का वाम गठबन्धनका साझा उम्मेदवारले क्षेत्र नं. १ मा वाम गठबन्धनका साझा उम्मेदवारहरूले जित्ने आधारहरू राख्दै ढुक्क भएर निर्वाचन प्रचार प्रसारमा केन्द्रित हुन अपील गरे ।
‘धेरै मतान्तरले हामी सबै क्षेत्रमा निर्वाचन जित्दैछौं, उत्साहको साथ प्रचार प्रसारमा लागौं’, प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार मेटमणी चौधरीले भने– ‘दाङका सबै क्षेत्रमा वाम गठबन्धनको झण्डा गाड्न हामी सफल हँुदैछौं ।’

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १(क)का उम्मेदवार ईन्द्रजीत थारुले दुई पार्टी एकीकरण हुने विषयले सबै कार्यकर्ताहरूमा भावनत्मक एकता कायम गरेको बताए । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १(ख)का साझा उम्मेदवार रेवतीरमण शर्माले आधुनिक र वैज्ञानिक समाजवाद स्थापित गर्न कम्युनिष्ट आन्दोलन नयाँ मोडमा पुगेको र जनताहरू सबै वाम गठबन्धनमा गोलबन्द हुन आवश्यक रहेको बताए ।

कार्यक्रमलाई नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जीवन गौतमले सम्बोधन गर्दै उत्साहित रूपमा प्रचार प्रसारमा केन्द्रित हुन अपील गरे । वाम गठवन्धनका कार्यकर्ताहरूले मतदाता शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्न अनुरोध गरे । निर्वाचन परिचालन क्षेत्र नं. १ (ख)का संयोजक रतनकुमार केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समिति क्षेत्र नं. १ का सहसंयोजक नारायणी शर्माले गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार