निरु गौतम
लुम्बिनी : लुुम्बिनीको मुहार फेर्नका लागि वाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन उम्मेदवारहरूले आग्रह गरेका छन् । अरू पार्टीका नेताहरूले पटकपटक चुनाव जितेर पनि लुम्बिनी र लुम्बिनीबासीको मुहार नफेरिएको भन्दै एक पटक बाम गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी बनाउन अनुरोध गरे ।

नेकपा एमाले र माओवादी केन्द्रको क्षेत्र नम्बर ५ क्षेत्रीय कमिटीले आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उम्मेदवारहरूले सम्बृद्ध लुम्बिनी बनाउन बामगठबन्धनको जित आवश्यक भएको बताए । भेलालाई सम्बोधन गर्दै क्षेत्र नम्बर ५ प्रदेश सभा २ का उम्मेद्वार डिलाराम आचार्यले मधेस र मधेसीको सुनौलो भविष्यका लागि बाम गठबन्धनलाई मत दिन आग्रह गरे । उनले लुम्बिनी र लुम्बिनीबासीको दिगो विकास सम्बृद्धिका लागि आफूलाई मत दिन अनुरोध गरे ।

भेलामा क्षेत्र नम्बर ५ प्रदेशसभा १ का उम्मेदवार भूमिश्वर ढकालले क्षेत्र नम्बर ५ का जनताको सुन्दर भविष्य र विकासका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे । उनले लुम्बिनीबासीले आफ्ना सन्ततीको भविष्यका लागि पनि एक पटक कम्युनिष्टलाई जिताउन आग्रह गरे । हिजोका दिनमा चुनाव जितेर केही नगर्ने उम्मेदवार फेरि चुनावमा भोट माग्दै हिँडेको भन्दै उनले त्यस्ता उम्मेद्वारलाई यसअघिको चुनावमा जितेर के ग¥यौ भनेर प्रश्न गर्न अनुरोध गरे ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले पटक पटक नेताबाट मधेस ठगिएकाले सचेत हुन अनुरोध गरे । मधेसका नाममा यसअघि चुनाव जितेकाहरूले केही गर्न नसकेको टिप्पणी गर्दै उनले यसको अन्त्य गर्दै मधेसी जनताको हितका लागि पनि बाम गठबन्धनलाई रोज्न आग्रह गरे ।
भेलामा क्षेत्र नम्बर ५ प्रदेशसभा २का उम्मेद्वार हजरत बेलालले सही नेता छान्न नसक्दा मधेस जहिले पनि पछाडि परेको गुनासो गर्दै अब रामो नेतृत्व छान्ने समय आएको बताए । उनले सही समयमा सही नेता छान्न नसके मधेस र मधेसी सधै पछाडि पर्ने भन्दै अब बाम गठबन्धनलाई साथ दिएर अगाडि बढ्नुमा नै सबैको हित हुने बताए ।
भेलामा एमाले नेताहरू इन्साफ मुसलमान, रामचन्द्र यादव, शिव प्यासी, जिल्ला सदस्य लक्ष्मी मिश्रालगायतले बोल्दै लुम्बिनीसहित सम्पूर्ण क्षेत्रको विकासका लागि यसपटकको निर्वाचनमा वाम गठबन्धनलाई जिताउन सबैलाई अनुरोध गरे ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार