बुटवल : बुटवल मिडिया प्रकाशन प्रालि द्वारा प्रकाशित दैनिक पत्र राष्ट्रिय दैनिकको १४ औँ वार्षिकोत्सव सम्पन्न गर्नका लागि विभिन्न उप समितिहरु गठन गरिएका छन् ।

वार्षिकोत्सवका अवसरमा आगामी मंसीर ११ गते सुरु हुने भलिवल प्रतियोगिता सम्पन्न गर्नका लागि लक्ष्मण पोख्रेल संयोजक र सदस्यहरुमा महेश रिजाल, तेजेन्द्र केसी, आचार्य प्रदीप, पूजा पन्थी लगायतको उपसमिति निर्माण गरिएको छ ।

मंसीर १४ गते आयोजना हुने रक्तदान कार्यक्रमको संयोजकमा तेजेन्द्र केसी तथा सदस्यहरुमा पूजा पन्थी, आचार्य प्रदीप, कृष्ण रणपाल लगायतको उपसमिति गठन गरिएको छ ।

यस्तै गरी मंसीर १६ गते सञ्चालन हुने कविता बाचन कार्यक्रम सम्पन्न गर्नको लागि ऋषि आजादको संयोजकत्वमा सीपी खनाल, लक्ष्मण पोखरेल, तेजेन्द्र केसी, कपिल ज्ञवाली, बिनोद परियार, बिकास पराजुली लगायत सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

बार्षिकोत्सबकोअवसरमा ‘संघियता र आर्थिक समृद्वि’ बिषयक बिशेषाङ्क आगामी माघ २८ गते प्रकाशन गरिने भएकोले त्यसको सम्पादन संयोजकमा सीपी खनाल र सदस्यहरुमा ऋषि आजाद, लक्ष्मण पोखरेल, तेजेन्द्र केसी, श्यामशंकर पाण्डेय लगायत रहेका छन् ।

वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिने विज्ञापन तथा वित्तीय ब्यवस्थापन संयोजकमा महेश रिजाल तथा सदस्यहरुमा मञ्जु पौडेल, उषा पौडेल, कृष्ण रणपाल लगायतको टिम रहेको छ ।

त्यसैगरी अतिथि सत्कार तथा बजार ब्यवस्थापन उपसमिति संयोजकमा मञ्जु पौडेल, सदस्यहरुमा उषा पौडेल, देवकला खरेल, कृष्ण रणपाल, इन्दिरा भण्डारी, नारायण रिजाल, मञ्जु पुन , बिशाल भट्टराई र सागर बिश्वकर्मा लगायत रहेका छन् ।

वार्षिकउत्सवकै उपलक्ष्यमा मंसीर, पुष र माघ महिनामा प्रदेश नम्बर ५ र अन्य बिभिन्न क्षेत्रहरुमा आयोजना गरिने संघियता र आर्थिक समृद्वि बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गर्नका लागि कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईं संयोजक र सदस्यहरुमा ऋषि आजाद, सीपी खनाल, लक्ष्मण पोखरेल, महेश रिजाल, मञ्जु पौडेल, उषा पौडेल, श्यामशंकर पाण्डे, कृष्ण रणपाल, आचार्य प्रदीप, पूजा पन्थीलगायत रहेको उपसमिति गठन गरिएको छ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार