बुटवल : साहित्यकार भीष्म फुलारालिखित उपन्यास ‘टुहुरो कुण्डली’ सार्वजनिक गरिएको छ । राजधानीमा शनिबार पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले पुस्तक विमोचन गरे । विमोचनपछि पुस्तकबारे रेग्मीले टिप्पणी गरे, ‘टुहुरो कुण्डली निकै मर्मस्पर्शी रहेछ, समाजको यथार्थ उतारिएको रहेछ । पुस्तकमा उठाइएका मुद्दाले समाजलाई न्याय गरेको मेरो बुझाइ छ ।’

लेखक फुलाराले उपन्यास शोककाव्यजस्तो लागे पनि दार्शनिक पक्षलाई आकर्षक रूपले उठाउन कोसिस गरेको बताए । सामाजिक संवेदना स्खलित हुँदै गइरहेको विश्वपरिवेशमा उपन्यासले करुणा, दयामाया, सद्भाव र सहानुभूतिजस्ता मानवीय संवेदना उठान गरेको महसुस पाठकले गर्ने उनको अपेक्षा छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय लेखक संघ नेपालका अध्यक्ष रामकुमार पाँडे, वरिष्ठ साहित्यकार मित्रबन्धु पौडेल, साहित्यकार सुमी लोहनीलगायतले टुहुरको कुण्डलीबारे टिप्पणी गरेका थिए ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार