बुटवल: लामो समयदेखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढेको छ । चिनियाँ निर्माण कम्पनी नर्थवेष्ट सिभिल एभिएशन एयरपोर्ट कन्सट्रक्सनले व्यवस्थापन परिवर्तन गरी काम शुरु गरेको आयोजना उपप्रमुख चाँदमाला श्रेष्ठले जानकारी दिइन् ।

गत फागुनदेखि रोकिएको काम शुरु गर्न नयाँ व्यवस्थापन आएपछि कुनै सह ठेकेदार कम्पनी राखेको छैन । नयाँ व्यवस्थापन आएसँगै दैनिक २ सयभन्दा बढी कामदारले काम गरिरहेको उनले बताइन् ।

स्थानीय स–साना सप्लायर्समार्फत् काम अघि बढाएको चिनियाँ कम्पनीलाई उद्धृत गर्दै आयोजना उपप्रमुख श्रेष्ठले बताइन् । ‘ठेकेदार कम्पनीले आवश्यक सामग्रीहरु लिजमा लिएर काम थालेको छ भने अरु केही सामग्री चीनको केरुङ्ग मार्ग हुँदै आफै मेशिनहरु ल्याइरहेको हामीलाई जानकारी छ’– उनले भनिन् । विमानस्थलको काम यही गतिमा अघि बढे अबको ८ महिनामा ५० प्रतिशत काम पूरा हुने आयोजना उपप्रमुख श्रेष्ठले बताइन् । ‘अहिले जुन हिसाबले काम भइरहेको छ, त्यही हिसाबले काम हुने हो भने हामीले धेरै नै प्रगति गर्ने छौं– उनी भन्छिन्, अबको २ महिनाभित्रमै डेडिकेटेड इलेक्ट्रिक फिडर लाईन जडान हुने छ, जसका लागि विद्युत् प्राधिकरणलाई ४ करोड १४ लाख रुपैयाँ बुझाइसकिएको छ ।’

उनले आयोजनालाई आवश्यक पर्ने सामग्रीका लागि सरोकारवाला निकायहरुसँग समन्वयन भइरहेको बताउँदै भनिन्– ‘हामीलाई करिब ३ लाख घनमिटर गिट्टी, ढुंगा, बालुवा आवश्यक पर्छ, यसको अभाव हुन नदिन निरन्तर सहजीकरण भइरहेको छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प मानिएको गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिको काम १५ जनवरी २०१५ देखि सुरु भएको थियो । ६ अर्ब २२ करोड रुपैयाँ लागत रहेको आयोजना डिसेम्बर २०१७ सम्ममा पहिलो चरणको काम पूरा गर्ने सम्झौता चिनियाँ कम्पनीसँग थियो । २०७२ को भूकम्प र त्यसलगत्तै भएको नाकाबन्दीको कारण भन्दै ६ महिना थप गरी परियोजनाको अवधि जुन २०१८ सम्म पु¥याइएको छ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार