बुटवल : नेकपा एमालेले वाम गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिने आफ्ना कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

एमाले–माओवादी एकता एवं तालमेलबाट असन्तुष्ट कार्यकर्ताले भटाभट बागी उमेदवारी दिएपछि एमालेले गठबन्धनको मर्म र भावना तथा पार्टीको निर्णयलाई ह्दयंगम गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएको हो ।

एमाले पार्टी स्थायी कमिटीले नेता कार्यकर्तालाई धैर्य र संयमित रहन र पार्टीको निर्णय शिरोधार्य गर्न आग्रह गरेको थियो । तर धैर्य तथा संयमित रहनुको साटो अनुसासन हिन तरिकाले बागी उम्मेदवारी दिएपछि एमालेले कार्वाहीको कडा निर्देशन दिएको हो ।

अनुशाशन हिन भई पार्टिको निर्देशन बिपरीत गई फिर्ता नलिने उमेदवारहरूलाई पार्टीले कडा कारवाही गर्ने र भविष्यमा कुनै जिम्मेवारी नदिइने एमाले सचिब प्रदिप ज्ञवालीले बताएका छन् ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार