ओम बानिया

स्वास्थ्य शब्दको अर्थ व्यापक छ । वास्तवमा यस शब्दले शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यलाई इंगित गर्छ । त्यो किनभने मानिसको मन, शरीर र समाज, तीनैै एक अर्काेस‌ंग अन्तर सम्बन्धित छन् । जस्तो कि मानसिक स्वास्थ्यको लागि स्वस्थ मन आवश्यक छ । र, मानिसको मन सन्तुलित तथा प्रभावकारी स्नायु प्रणालीमा आधारित हुन्छ ।

मानसिक आघात, हीन भावना, नकारात्मकता, आपसी मन–मुटाव, पारिवारिक झैंझडा, मानसिक तनाव, सामाजिक तथा आर्थिक दबाब, हृदय विदारक घटना, व्यापार व्यावसायमा हानि नोक्सानी, आत्मसम्मानमा ठेस, गलाकाट प्रतिस्पर्धा आदि जस्ता मनोवैज्ञानिक तथा सामाजिक कारणहरूले गर्दा पनि मानसिक रोग पैदा हुन्छ । मनोसामाजिक कारण स्वयं मानसिक रोगको एक कारण मात्र नभएर यसले आनुवंशिक तथा जैविक कारणहरूलाई जमीन प्रदान गर्ने तथा मलजल हाल्ने कार्य समेत गर्छ ।

स्नायु प्रणालीको प्रभावकारी सुसञ्चालनका लागि शारीरिक स्वास्थ्य आवश्यक पर्छ । त्यस्तै व्यक्तिको समाजसंगको व्यवहार र सहभागिता उसको मानसिक र सामाजिक स्वास्थ्यस“ग गा“सिएको हुन्छ । त्यसैले स्वस्थ जीवनका लागि शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यप्रति गम्भीर हुनु अति नै आवश्यक छ । तर नेपालजस्तो पिछडिएको देशमा तीव्र रूपमा बढिरहेको मानसिक विकारहरूको उपचारको समुचित सुविधाहरू, शारीरिक रोगको उपचारको सुविधाको तुलनामा नगन्य छ । त्यसैले मानसिक रोगहरूको सही निदान र उपचार हुन नसकी बिरामीहरूले धेरै दुःख–कष्ट बेहर्नु परेको छ । यस्ता रोगहरूको कारण कतिपयको जीवन नै बर्बाद भएको छ ।

जोसुकैलाई मानसिक रोगः
मानसिक रोग कुनै पनि उमेर, वर्ग तथा धर्म संस्कृतिका व्यक्तिहरूलाई हुन् सक्दछ । इतिहासको पाना पल्टाउने हो भने ठुलाठुला हस्तीहरू समेत विभिन्न किसिमका मानसिक रोगहरूबाट पीडित भएको देखिन्छ । जस्तैः अब्राहम लिंकन (अमेरिकाको भूतपुर्व राष्ट्रपति), सिग्मण्ड फ्रायड (महान् मनोविश्लेषक), मर्लिन मुनरो प्रसिद्ध हलिउड अभिनेत्री) तथा वोरिस येल्तसिन(रुसका भूतपुर्व राष्ट्रपति) आदि जस्ता हस्तीहरू डिप्रेसनबाट पीडित थिए । अल्फ्रीडे जेलनिक (साहित्यको नोबेल पुरस्कार विजेता) सामाजिक फोबियाबाट ग्रस्त थिइन् ।

सन् १९९४ मा नोबेल पुरस्कार पाउने प्रसिद्ध गणितज्ञ जोन नाश सिजोफ्रेनियाबाट र ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री र साहित्यको नोबेल विजेता विंस्टन चर्चिल मेनिक डिप्रेसन (बाइपोलर डिप्रेसन)बाट पीडित थिए । चर्चिल आफ्नो यो रोगबाट यति भयभित थिए कि उनले यसलाई कालो कुकुरको संज्ञा दिएका थिए । त्यसैले डिप्रेसनलाई चर्चिलको कालो कुकुर पनि भन्ने गरिन्छ । यसै गरी म्याराडोना (अर्जेटिनाका विश्व प्रसिद्ध फुटबाल खेलाडी) तथा सञ्जय दत्त (भारतका लोकप्रिय चलचित्र अभिनेता) लागÒ–औषध दुव्र्यसनको शिकार भएका थिए । यी त केही उदाहरणहरू हुन् । तर, यसको लिस्ट निकै लामो छ ।
मानसिक रोगको कारणः
मानसिक रोगको एक प्रमुख कारण आनुवंशिक हो । दुश्चिन्ता तथा डिप्रेसनदेखि सिजोफ्रेनिया (स्कीजोफ्रेनिया)सम्मका थुप्रै मानसिक रोगहरू आनुवंशिक कारणले गर्दा पनि हुने गर्छन् । यदि आमाबा मध्य कसैलाई वा दुबैलाई मानसिक रोग छ भने जीन्सद्वारा मानसिक रोग सन्तानमा फैलिने सम्भावना हुन्छ । जस्तो कि आमा बामध्ये कुनै डिप्रेसनबाट पीडित छन् भने सन्तानमा डिप्रेसन हुने सम्भावना ४ गुना तथा आमा बा दुबैमा डिप्रेसन भएको खण्डमा १६ गुना हुन्छ । क्रोमोजोम नं. ११ तथा एक्सद्वारा डिप्रेसन तथा क्रोमोजोम नंं. ५, ११, १८, १९ तथा एक्सद्वारा सिजोफ्रेनिया सन्तानमा सर्ने सम्भावना हुन्छ ।
यसैगरी मस्तिष्कमा पाइने डोपामिन, सेरोटोनिन तथा नोरापीनेफ्रेन आदि रसायनहरूमा असन्तुलन आयो भने मानसिक रोगहरू हुने सम्भावना हुन्छ । जस्तो कि डिप्रेसनको रोगीमा सेरोटोनिन मात्रा कम हुन्छ ।
मानसिक आघात, हीन भावना, नकारात्मकता, आपसी मन–मुटाव, पारिवारिक झैंझडा, मानसिक तनाव, सामाजिक तथा आर्थिक दबाब, हृदय विदारक घटना, व्यापार व्यावसायमा हानि नोक्सानी, आत्मसम्मानमा ठेस, गलाकाट प्रतिस्पर्धा आदि जस्ता मनोवैज्ञानिक तथा सामाजिक कारणहरूले गर्दा पनि मानसिक रोग पैदा हुन्छ । मनोसामाजिक कारण स्वयं मानसिक रोगको एक कारण मात्र नभएर यसले आनुवंशिक तथा जैविक कारणहरूलाई जमीन प्रदान गर्ने तथा मलजल हाल्ने कार्य समेत गर्छ । जस्तो कि सुख्खा जमीनमा जति सुकै पोटिलो बीउ पनि उम्रिदैन । तर पानी परेर जमीन चिसो भयो भने बीउ टुसाउ“छ ।
मद्यपान तथा लागुऔषध दुव्र्यसनका कारणले पनि विभिन्न शारीरिक रोगहरूसंगै मानसिक रोगहरू समेत पैदा गर्छ । मद्यपान तथा औषध दुव्र्यसनलाई नै एक मनोवैज्ञानिक विकार मानिन्छ । यदि शारीरिक रोगहरू लामो समयसम्म ठीक भएको छैन भने यस्ता दीर्घ रोगलेसमेत चिन्ता तथा डिप्रेसन जस्ता मानसिक रोगहरू पैदा गर्छ । यस्तै गरी क्यान्सर तथा एचआईभी–एड्स जस्ता जटिल रोगहरूले समेत मानसिक रोगहरू निम्ताउ“छन् । कतिपय जटिल रोगहरूलाई प्राणघातक रोगको संज्ञा दिइनाले पनि रोगीमा मानसिक समस्या पैदा हुने गर्छ । क्यान्सर तथा एचआइभी–एड्सजस्ता रोगहरू निदान (डायग्नोज्ड) भएपछि रोगीको हाल एकाएक खस्किन्छ ।
मानसिक रोगको उपचारः
आधुनिक युगमा मानसिक रोग ज्यादै तीव्र गतिमा बढिरहेको छ । तर यो वैज्ञानिक युगमा पनि हरेक राष्ट्रमा मानसिक रोगलाई हेर्ने दृष्टिकोणमा कुनै न कुनै रूपमा अन्धविश्वासहरू कायम छन् । त्यसैले नेपाल जस्तो सबै कुरामा पिछडिएको राष्ट्रमा मानसिक रोगको सम्बन्धमा पनि गलत धारणा रहनु कुनै अनौठो कुरो होइन ।

अहिले पनि अधिकांश नेपालीहरूले मानसिक रोगलाई भूतप्रेत, पूर्वजन्मको पाप, टुनामुना तथा ग्रहहरूको कारणले पैदा भएको मान्दछन् । देवीदेवताहरूको अभिशाप ठान्दछन् । त्यसैले नेपाली समाजमा मानसिक रोग लुकाउने–छुपाउने प्रवत्ति विद्यमान छ । अशिक्षित मानिसहरूको कुरा परै छोडौं । शिक्षित मानिसहरूले पनि यस्ता रोगहरू भरसक छुपाउने–लुकाउने र रोगले निकै च्याप्यो भने उपचारका लागि धामीझा“क्रीहरूको शरण पुग्ने प्रचलन छ । यसबाट नै प्रष्ट छ नेपालमा मानसिक स्वास्थ्यको स्थिति कति दहनीय छ ।

हो, मन अदृश्य छ, त्यसैले मानसिक रोगको पहिचान र उपचार गर्न सजिलो हु“दैन । तर अधिकांश मानसिक रोगहरू उचित उपचार भएको खण्डमा बिल्कुल ठीक हुन्छन् । अतः मानसिक रोगबाट मुक्ति सम्भव छ ।
(लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार