बुटवल । बुद्धकालका पाँच ठूला शहरमध्येको एक मानिन्छ रूपन्देही पर्रोहाको बोलबमधाम । यहाँ शिवको ज्योर्तिलिङ्ग छ ।
सैनामैना नगरपालिकामा पर्ने पर्रोहा बोलबमधाममा हरेक सोमबार जलार्पणका लागि भीड लाग्ने गरेको छ ।
जानकारहरूका अनुसार प्राचीनकालकै मानिने ज्योतिर्लिङ्गलाई रमेश गिरी नागाबाबाले २०३५ सालमा प्रकाशमा ल्याएका थिए ।
त्यसपछि मन्दिर बनाएर संरक्षण र प्रवद्र्धन गरेसँगै यहाँ धार्मिक पर्यटकको भीड लाग्न थालेको छ । यहाँको मन्दिर समावेश भएको हुलाक टिकटसमेत प्रकाशित भइसकेको छ ।
२०४९ सालदेखि शुरु भएको मेलाबाट प्रभावित भएर पशुपतिनाथ लगायत मुलुकका अन्य शिवालयहरूमा बोलबम मेलाको पुनर्जागरण भएको बताइन्छ ।

अढाई दशकको छोटो अवधिमा बोलबमधाम धार्मिक पर्यटकीय गन्तव्य बनेको धाम समितिका अध्यक्ष रामवली चौधरीले बताए ।
धाममा चितवनदेखि दाङसम्मको तराई ईलाका र पाल्पा, गुल्मी, अर्घाखाँची पहाडी क्षेत्रका धेरैजसो भक्तजन सहभागी हुन्छन् । भारतको उत्तर प्रदेश र विहारबाट पनि यहाँ भक्तजन आउँछन् ।

हेरौ फाेटाे फिचर



सी. पी. खनाल

खनाल दैनिक पत्र दैनिकका कार्यकारी सम्पादक हुन् । jitgadhi@gmail.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार