किरणमान बज्राचार्य
कपिलवस्तु । महिलामाथि हुने हिंसा रोकिएन भन्दै विभिन्न घटनाहरू सार्वजनिक भइरहेको बेला कपिलवस्तुमा पुरुषमाथि गरिने हिंसासमेत बाहिर आउन थालेका छन् । श्रीमतिहरूले आफूमाथि हिंसा गरेको भन्दै पुरुषहरूले आफ्र्नै श्रीमतिविरुद्ध प्रहरीमा लिखित उजुरी दर्ता गराएका छन् ।

प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७३÷०७४ मा १४ वटा पुरुष हिंसाका घटना दर्ता भएका छन् । आब ०७२÷०७३ मा भने १५ वटा त्यस्ता घटना दर्ता भएका थिए । सोही क्रममा कपिलवस्तुको तौलिहवास्थित स्वास्थ्य कार्यालयमा कार्यरत एक कर्मचारीले कुटपिट गरेको भन्दै प्रहरीमा लिखित उजुरी हाले । उनीमाथि श्रीमतिले पटकपटक हातपात र दुव्र्यवहार गरे पनि लोकलाजको डरले मौन बसेका थिए ।

श्रीमति र छोरीले टाउको नै फुटाल्ने गरी कुटपिट गरे पछि स्वास्थ्य कार्यालयका एक कर्मचारी प्रहरीमा आफ्नै श्रीमति विरुद्ध उजुरी हालेको जिल्ला प्रहरी कार्यालयको महिला सेलले जनाएको छ ।
आफूलाई श्रीमतिले खान नदिएको भन्दै जिल्लाको तौलिहवाका एक पुरुषले श्रीमती बिरुद्ध प्रहरीमा उजुरी गरे । बिरामी परेको अवस्थामा पनि कुनै मतलब नराखी कुटपिट गर्ने गरेको भन्दै उनले प्रहरी कार्यालयमा महिला तथा बालबालिका सेलमा लिखित उजुरी दिए ।

महिना दिनदेखि खान नपाउँदा भोकभोकै बस्नु पर्दा बिरामी परेपछि बाध्य भई उजुरी दिएको उनले बताए । उनी जस्तै जस्तै प्रमोदले श्रीमतिले आफ्नो कोठमा सँगै सुत्नै नदिएको भन्दै प्रहरीमा उजुरी गरे । वैदेशिक रोजगारमा गएको बेला श्रीमतिले सबै पैसा भ्याएको भन्दै ४ जना पुरुषले समेत श्रीमति बिरुद्ध उजुरी दिएका छन् । घरेलु हिंसामा महिलाहरू मात्र पीडित बनेका कुराहरू बाहिर आइरहेको बेला जिल्लामा भने पुरुषहरूसमेत त्यसबाट पीडित बनेको कुरा सार्वजनिक भएका छन् ।

जिल्लामा पुरुष हिंसा समेत बढ्दै गएको प्रहरी कार्यालयले जनाएको छ । श्रीमतिबाट पीडित भएको कुरा समाजमा गर्दा अपहेलित हुने डरले चुपचाप हिंसा सहेर बस्ने पुरुषहरूले अहिले उजुरी दिन थालेका छन् । पहिले गाउँघरमै गुपचुपमा मिलाइने महिला पीडित पुरुष हिंसाका उजुरी गर्न पुरुषहरू आफै प्रहरीकहाँ पुग्ने गरेका छन् । उनीहरूले आफू महिलाबाट पीडित भएको भन्दै न्याय पाउने आशाले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा उजुरी दर्ता गराएका थिए  । यसअघि उजुरी गर्न पुरुषहरू प्रहरीकोमा खासै आउने गरेका थिएनन ।

त्यसकारण प्रहरीकमा रेकर्ड पनि राख्ने चलन थिएन । २ वर्ष यता आबमा पुरुष हिंसाको संख्या बढेपछि रेकर्ड राखेर महिला प्रहरीले काम गर्न थालेको छ । महिलाहरू जस्तै पुरुष पनि उजुरी गर्न आएपछि आरोपित महिलालाई बोलाएर छलफल गराउने गरेको महिला तथा बालबालिका सेल प्रमुख प्रहरी सहायक निरीक्षक ईन्दिरा गिरीले बताइन् ।
‘समय परिस्थिति अवस्था फेरिँदै जाँदा नया “खाले समस्या आएको भन्दै दुबै पक्षलाई मिलाएर पठाउने गरिएको छ,’ उनले भनिन्– ‘धेरै पुरुष वास्तविक रूपमा पीडित भेटिएका छन् ।’ ‘दुबै पक्ष राखेर छलफल गर्दा समस्या पत्ता लाग्छ, त्यसपछि कसरी समाधान गर्ने भनेर निक्र्यौल निकाल्छौं’, उनले भनिन्– ‘हिंसा प्रभावित धेरै पुरुषका समस्या समाधान भएका छन् ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार खासगरी उजुरीमा खान लाउन नदिएको, कुटपिट गर्दै दुव्र्यवहार गरेको र घरमा काम नगरेर दुःख दिएको भन्दै पुरुष उजुरी गर्न आउने गरेका छन् । त्यस्तै घरमा नबस्ने, घर व्यवहार नगर्ने, यातना दिने, विलासी रहनसहन, मंहगो लत्ताकपडा र गरगहना मागेर निउ खोजेर दुःख दिने गरेको उजुरी गर्न आउने बढेका छन् ।

‘ सबैलाई सम्झाई बुझाई पठायौँ,’ महिला सेल प्रमुख असई गिरीले भनिन्– ‘त्यसपछि फेरि समस्या भयो भन्दै पुरुषहरू आएका छैनन् ।’ ‘ प्रहरीले घरेलु हिंसा प्रभावित महिलालाई विशेष महŒव दिई काम गर्दै आएका थियौं’, जिल्ला प्रहरी प्रमुख उपरिक्षक भोजजंग शाले भने– ‘अब हिंसा पीडित पुरुषका लागि प्राथमिकतामा राख्न थालेका छौँ ।’ घर विग्रियो भने परिवार विग्रने हुँदा समाज बसालेर छलफल गर्छाैं नभए मात्र अदालत सम्म पठाउने गरेको उपरिक्षक शाले बताए  ।
प्रहरीले पुरुष हिंसालाई अन्य हिंसाका रूपमा रेकर्डमा राखेर अनुसन्धान तहकिकात गर्ने गरेको छ । महिला सेल कपिलवस्तुका अनुसार गत आर्थिक वर्ष २ सय ४३ घरेलु हिंसा दर्ता भएका थिए । जसमध्ये १ सय ५६ मेलमिलाप गरिएको थियो ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार