चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ ।

एक पछि अर्को हिट गितहरु दिन सफल चर्चित सर्जक तथा गीतकार सहदेब कोइरालाको लय तथा शब्दमा “बटौली घुमाउनी” बोलको गित बजारमा आएको छ ।

हिन्दु नारीहरूको महान चाड हरितालीका तिज नजिँकीदै गर्दा गायक रामजी खाड र गायिका शान्ति रिजाल पौडेलको तिज गीत “बटौली घुमाउनी”बोलको गीत सार्वजनिक गरेका छन् ।

सहदेब कोइरालाको शब्द संगीत रहेको यस गीतमा चर्चित मोडेल रामजी खाड र रन्जिता गुरुङको निकै नै राम्रो अभिनय रहेको छ ।

बिक्रम चौहानको निर्देशन तथा छायांकन बाशु बरालको रहेको छ भने सम्पादन दिपक बिस्टले गरेका हुन् । उक्त म्यूजिक भिडियो मिडिया डबलीको अफिसियल YOUTUBE CHANNEL बाट केहि दिन आगाडी मात्र सार्बजनिक भएको हो ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार