सिता रानाको ‘रेलको टिकट काट मायाले’ चर्चामा

बुटवल ÷ नेपाली सांगीतिक बजारमा यतिबेला एकपछि अर्को गरेर तीजका गीतहरू धमाधम भित्रिइरहेका छन् । कलाकार हरू निक्कै ब्यस्त रहनुको साथै होडबाजीमा पनि अगाडि बढेका छन् । बहुचर्चित लोकप्रिय तथा लोकदोहोरी गायकका नायक खुमन अधिकारी र लोकप्रिय गायिका सिता रानाको मिठो आवाजमा स्वरबद्ध भएर रेलको टिकट काट मायाले बोलको गीत अहिले चर्चामा रहेको छ ।

प्रत्येक वर्ष तीजगीतको एल्बम बजार ल्याउने सिता रानालाई यो गीतले थप उचाईमा पुराएको छ । रेलको टिकट काट मायाले अहिले विभिन्न संचार माध्यमको काउन डाउनदेखि युवटुबमा पनि निकै चर्चा रहेको छ ।

आशिष म्युजिक प्रालिको प्रस्तुती रहेको उक्त गीतको लय तथा शब्द उनै गायक खुमन अधिकारीले नै सृजना गरेका हुन् । सोही गीतको भिडियोतर्फ स्मृति तिमल्सिना (गुरु आमा) ले निर्देशन गरेकी छन् भने सुरेश श्रेष्ठले भिडियो छायांकन गरेका हुन् । त्यस्तै सुधन बस्नेतले सम्पादन गरेको भिडियोलाई गुरु आमा फिल्मस् प्रालि ले दृश्य निर्माण गरेको छ भने दिपासा बिसी र सुमन भारतीले उक्त भिडियोमा उत्कृष्ट अभिनय गरेका छन् ।

दर्जनौं गीतिएल्बममा आवाज दिएर कुशल गायिकाको रूपमा चिनिएकी सिता रानाले यो भन्दा अगाडि पनि धेरै नै तीजका गीतमा मिठा आवाज दिएर आफ्ना कोसेलीहरू दर्शक श्रोतामाझ पस्कीसकेकी छन् । त्यस्तै बिगतको बर्षमा जस्तै यस बर्षको तीजमा पनि आफ्नो कोसेली रेलको टिकट काट मायाले बोलको कोसेली ल्याएकी हुन् । उनले सो गीतले छाटो समयमा नै निकै चर्चामा पाएको निकै खुसी व्यक्त गरेकी छन् ।

बिगत एक दशकदेखि गायन क्षेत्र लागेकी राना गीतका मात्र एक दर्जन एल्बम निकालेकी छन् । उनले लोक दोहरी गीत धेरै गाउने गर्छिन् । पुख्र्याैली घर गुल्मी भएकी राना लामो समयदेखि बुटवलमा गायकको क्षेत्रमा रहेकी छन् । खासगरी बुटवल हुने मेला महोत्सबाट दोहोरी गायिकाको रूपमा स्थापित बनेकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार