समून्द्री किनारमा प्रेम साटासाट (तस्बीरहरु)

एजेन्सी : अमेरिकी अभिनेत्री इभा लङ्गोरिया ४२ वर्षकी भइन्। तर नियमित व्यायाम तथा स्वस्थ्य खानपानका कारण उनले आफ्नो शरिरलाई मेन्टेन गरिरहेकी छिन्।

मंगलबार उनी मार्बेलास्थित समून्द्री किनारमा आफ्ना श्रीमान् जोस बास्टनसँग थिइन्, जहाँ उनीहरुले प्रेम साटासाट गरे।

टु पिसमा निकै कामूक देखिएकी लङ्गोरियाको हाउभाउ देख्दा लाग्थ्यो उनी पहिलोपटक कसैसँग प्रेममा परेकी छिन् र संसारसामू यसको खुलासा गर्न चाहन्छिन्। बास्टनसँग लङ्गोरिया २ वर्षअघि विवाह बन्धनमा बाँधिएकी हुन्।

उनीसँग विवाह गर्नुअघि नै लङ्गोरियाले २ पटक बिहे गरेकी थिइन्। सन् २००२ मा उनले अमेरिकी अभिनेता टेलर क्रिस्ट्रोफरसँग विवाह गरेकी थिइन्। २ वर्षपछि उनीहरुले सम्बन्ध विच्छेद गरे।

त्यसको ३ वर्षपछि इभाले फ्रेन्च बास्केटबल खेलाडी टोनी पार्करसँग बिहे गरिन्। तर यो सम्बन्ध पनि ४ वर्षमै टुंगियो। सन् २०१६ देखि उनी बास्टनसँगको सम्बन्धमा छिन्। बास्टन अमेरिकी व्यापारी हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार