काठमाडौं । धनगढी प्रिमीयर लिग क्रिकेट डिपीएलमा बिराटनगर किङ्ग्स फाइनल प्रवेश गरेको छ। बुधबार भएको खेलमा रुपन्देही च्यालेन्सर्जलाई २९ रनले हराउँदै बिराटनगर फाइनल पुगेको हो।

टस जितेर ब्याटिङ रोजेको बिराटनगर किङ्ग्सले २० ओभरमा १ सय २८ रन बनाएको थियो। जवाफमा रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्र बनायो । रुपन्देहीका लागि विक्रम शोवले २३ र पुष्प थापाले २२ रन बनाए ।

अरु ब्याट्सम्यानले दोहोरो अंक जोडेनन् । रुपन्देही र विराटनगर प्रतियोगितामा पहिलो र दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका हुन्।

पराजित भएको रुपन्देहीले अब एक पटक प्लेअफ खेल्ने मौका पाउने छ । उसले फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहको बिजेतासँग खेल्नेछ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार