भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा जिल्लास्तरीय शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

स्थानीय सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा जिल्लाका लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया, बुम एमसिसी क्रिकेट क्लब भैरहवा, श्री शिवशक्ति क्रिकेट क्लब भैरहवा, बुद्ध क्रिकेट क्लब भैरहवा, प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब, ज्ञानोदाय क्रिकेट क्लब करहिया, देवदह क्रिकेट युनिट देवदह, बुटवल ११ क्रिकेकेट क्लब बुटवल, न्यू होराइजन क्रिकेट क्लब बुटवल, एपेक्स क्रिकेट क्लब शंकरनगर, वेष्टर्न क्रिकेट क्लब बुटवल गरी ११ वटा ‘ए’ डिभिजनका क्रिकेट क्लबहरुले सहभागिता जनाउने छन् भने डिभिजन ‘बी’ बाट साई ग्लोबल क्रिकेट क्लब भैरहवा र गोलपार्क क्रिकेट क्लब बुटवल गरी दुईवटा क्लबले सहभागिता जनाउने छन् ।

यी दुई क्लबले डिभिजन ‘ए’मा रहेको शंकरनगर क्रिकेट क्लबले नखेल्ने निर्णय गरेपछि मौका पाएका हुन् । यी दुई क्लबबाट नकआउटको आधारमा एउटा क्लबले लिग चरणमा मौका पाउने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद रु. ५० हजार र ट्रफी, उपविजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद रु. १० हजार, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद रु.५÷५ हजार प्राप्त गर्नेछन् । सहभागी १३ मध्ये १२ क्लबलाई चार समूहमा विभाजन गरी लिग चरणको खेलाइनेछ भने प्रत्येक समूहका विजयी टिमहरु सेमिफाइनल खेल्नेछन् ।

प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्माले आफ्नो स्वर्गीय आमा÷बुवाको नाममा स्पोन्सर गरेका छन् । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् । प्रतियोगिता चैत ३ देखि १२ गतेसम्म संचालन हुने अध्यक्ष मल्लले जानकारी दिए ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार