क्यान मेला भोलिदेखि

बुटवल । भोलीदेखि बुटवलमा क्यान इन्फोटेक हुदैछ । क्यान महासंघ र क्यान महास‌ंघ रुपन्देहीको अायोजनामा मेला हुन लागेको हो । बुटवल मण्डपमा हुने मेलाको तयारी पूरा भएको छ ।

प्रेस विज्ञप्ती
क्यान महासंघले विगत २४ वर्ष देखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनको लागि विभिन्न किसिमका इन्फोटेक, सेमिनार, कार्यशाला, गोष्ठि, अन्तरक्रिया मार्फत आम जनमानसमा चेतना अभिवृद्धि, विकास एवं विस्तार तथा यस क्षेत्रका विषयगत समस्या समाधानका लागि व्यवसायी तथा सरकारका सम्बन्धीत निकायसँग समन्वय गरि जिल्ला, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रदर्शनी र सम्मेलनहरु गर्दै आईरहेको छ । पछिल्लो समय क्यानले आफ्नो शाखाहरु मार्फत देशका विभिन्न स्थानहरुमा ईन्फोटेक लगायतका अन्य जनचेतना अभिबृद्धि गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यसै सन्र्दभमा काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा क्यान इन्फोटेक गर्ने क्रममा बुटवलमा भोली फाल्गुण १२ देखि ५ दिन सम्म इन्फोटक को आयोजना गरेको छ ।
बुटवल ५ नं प्रदेशको आर्थिक, सांस्कृतिक, पर्यटकीय, शैक्षिक, औद्योगिक तथा सञ्चारको नगरको रुपमा विकसीत एवं परिचित छ । त्यसैले पनि यो इन्फोटेकले बिषेश महत्व राख्ने अपेक्षा गरीएको छ । फाल्गुण १२ देखि १६ गते (तद्अनुसार २०१७ फेवरी २३ देखि २७) सम्म बुटवल मण्डप मा DIGICOM CAN INFOTECH- 2017 in Association with INFO Developer Pvt. Ltd नाम दिई मेलाको आयोजना गरीएको यो प्रदर्शनीले प्रदेश नं ५ को सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पु¥याउनेछ भन्ने आशा गरेका छौं । यो इन्फोटेकबाट अवलोकनकर्ताहरुले विश्वमा विकसीत भएका नयाँ तथा नौलो प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् ।
क्यान महासंघले काठमाण्डौं लगायत पोखरा, झापा, धनगढि, गोर्खा लगायतका स्थानहरुमा इन्फोटेक सम्पन्न गरीसकेको छ । बुटवलमा क्यान रुपन्देहीले यस प्रकारका इन्फोटेकहरु २००२, २००५, २००७, २००९ र २०११ मा यसै क्षेत्रमा सम्पन्न गरीसकेको छ । विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको बुटवलमा यो छैठौं संस्करण हो ।
यस छैठौं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन डिजिकम रहेको तथा एशोसिएट प्रायोजकमा इन्फो डेभलपर्स रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै “डिजिकम क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ इन्फो डेभलपर्स” रहेको छ, इन्फोटेकको सहआयोजकमा जिल्ला विकास समिति रुपन्देही र बुटवल उपमहानगरपालिका रहेका छन् । त्यस्तै प्लाटिनम स्पोन्सर–भ्हउभचत भ्मगअबतष्यल ७ ख्ष्कब क्भचखष्अभक डायमण्ड स्पोन्सरः ल्भतष्क भ्बकथ ल्भतधयचप। त्चगकतबदभि गोल्ड स्पोन्सरहरुः द्यगममजब एयधभच, क्तबचतगउक ऋऋत्ख् ऋबmभचब ७ ब्ततभलमभलअभ, ःभचअजबलतष्भि ऋयmmगलष्अबतष्यलक एखत। ीतम, त्इत्इ ीष्लप, प्बकउभचकपथ ीबद, द्यचयतजभचक सिल्भर स्पोन्सरहरु–LBEF Campus, The Next Education Consutancy Pvt. Ltd, Technos Inspiring Technology, Pine Complete IT Services, Socheko.com, Busy Business Accounting Software, Sky International college, प्रिन्टिङ पार्टनर स्पोन्सरमा एन सी. डी बैंक, होटल हिलटन,फिन प्रो मास प्रो, बुटवल टुडे, के सेभेन, शिखर इन्सोरेन्स, रहेका छन् ।

“डिजिकम क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ इन्फो डेभलपर्स” प्रदर्शनी १४० वटा स्टलहरु रहेका छन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स् ८०, पावर सोलुसन्स् ५, मोवाईल एसेसोरिज ७, ईन्टरनेट सेवा प्रदायक ७, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस् २५ सफ्टवेयर सोलुसन ७, बैंक, इन्सोरेन्स लगायतका स्टलहरु रहेका छन् । । माननीय पूर्व अर्थमन्त्री एवं रुपन्देही क्षेत्र न. ४ का सभाषद् बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भोली १२ गते दिनको ११ बजे उद्घाटन हुने यो मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

“डिजिकम क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ इन्फो डेभलपर्स” अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु ५०÷– र विद्यार्थीहरुलाई रु २५÷– तोकिएको छ । भने सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई र सञ्चारकमीहरुलार्ई पत्रकार परीचयपत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । साथै प्रवेश टिकट Online मार्पmत इलष्लिभ पनि लिने ब्यवस्था पनि मिलाएका छौं । यस पटक हामीले काठमाडौं उपत्यका भन्दा बाहिर पहिलो पटक प्रवेश टिकटमा Bar code reader राखेर टिकटको आधिकारिकता परिक्षण गर्ने छौं । प्रवेश टिकट प्रवेश द्वारमा च्यातिने छैन तर एक पटक प्रयोग भएको टिकट को माध्यम बाट Automatic Verified हुनेछ ।
बुटवलमा सम्पन्न विगतका बर्षहरुका क्यान ईन्फोटेकमा सर्वसाधारणहरुको उत्साह जनक सहभागिता रहेको कुरा यहाँहरु समक्ष विदितै छ । यस पटक पनि त्यो उत्साहमा अझ उर्जा थपिने छ भन्ने आशा हामीले लिएका छौं । गत वर्षको क्यान ईन्फोटेकमा १,५०,००० जनासम्म अवलोकनकर्ता रहेकोमा यस पटक २,००,००० भन्दा बढी अवलोकन कर्ताहरु आउने अपेक्षा हामीले गरेका छौं ।

बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट, ल्यापटप तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुनेछन् । नेपाल सरकारले देशको प्रमुख शहरहरुमा अनिवार्य रुपमा Digital TV Transmission प्रणालीलाई लानु पर्ने लक्ष्य लिए अनुरुप सो सम्बन्धि जानकारी समेत उपलब्ध हुने छ । विश्व विख्यात Android Mobile (Smart Phone) का नयाँ प्रविधिहरु का संगै नेपाली विद्यार्थीहरुले आविष्कार गरेका प्रविधि ड्रोन, सोलार हाईब्रिड कार यस प्रर्दशनीका प्रमुख आकर्षण रहेका छन् ।

इन्फोटेककै अवधि भित्र आई सी. टि सेमिनारको पनि आयोजना गरेका छौं । सूचना तथा सञ्चार प्रविधिमा सरोकारवालाको विचमा स्मार्ट सीटी, डिजिटल लुम्बिनी को अवधारणलाई नेपालमा निजी, सरकारी र जनतामा आधारीत मोडलमा कसरी विकास गर्र्ने बारेमा , स्थानीय स्तरमा प्रविधिमा आधारीत विकास र उत्पादकत्व, सूचाना तथा सञ्चार प्रविधि क्षेत्रको पहिचान लगायतका उद्देश्य राखी fvL Smart City & urban Economy, Smart Tourism & Lumbini, e-Enabled services & good governance, Cyber Security & safe online surfining, smart education & Knowledge industries लगायतका विषयहरुमा ख्याती प्राप्त वयक्तिहरुबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कन्फेरेन्सको तयारी पनि पूरा भईसकेको छ । स्कुल कलेजका आई. टी शिक्षक, सरकारी कार्यालय तथा संघसंस्था मा आईटी संग सम्बन्धित व्यक्ति, सञ्चार कर्मी लगायतका व्यक्तित्वहरु यस कन्फेरेन्समा भाग लिन सक्नुहुने छ । अन्त्यमा मोफसलको राजधानीका नामले परीचित बुटवल मा रहनुभएका सम्पूर्ण पत्रकार ज्युहरुबाट यो इन्फोटेकमा सहयोग पुग्ने विश्वास राखेका छौं ।

रोशन कंडेल
अध्यक्षः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार