वाईफाई अर्कोले चोरेर प्रयोग गर्दा हुने नोक्सानहरू

तपाईको घरको इन्टरनेटमा वाईफाई सेवा जोड्नुभएको छ । पहिले स्पिडमा चलिरहेको वाईफाई स्लो भएको महसुस त भएको छ भने तपाईको बाईफाई अर्कोले चारेर प्रयोग गरेको पनि हुन सक्छ । अनि वाईफाई ह्याक गरेर कसैले मस्ती गरिरहँदा तपाईंले सास्ती भोग्नुपरेको हुन्छ । त्यसैले पत्ता लगाउनुहोस् कसैले चोरेकै कारणस्लो भयो या अन्य समस्याले ?

१. सुरुमा आफ्नो वाईफाई राउटरमा नजर लैजानुहोस् । राउटरमा केही लाइट बलिरहेका हुन्छन् । यी मध्ये एउटा वायरलेस कनेक्टिभिटीको हुन्छ । वाईफाई चोरी भएर नभएको पत्ता लगाउन सबै वायरलेस डिभाइस बन्द गर्नुहोस् ।
२. ल्यापटप, कम्प्युटर, स्मार्टफोन, स्मार्ट टिभीजस्ता सबै डिभाइस बन्द गरिदिए पनि मोडेममा भएको वायरलेसको लाइट बल्ने निभ्ने गरिरहेको छ भने कसैले ह्याक गरको अनुमान लगाउन सकिन्छ ।
३. यो बाहेक अर्को उपाय पनि छ । राउटर लग–इन गरेर डिएचसिपी क्लाइन्ट लिस्ट हेर्नुहोस् । राउटरभित्र यो लिस्ट हुन्छ ।
अब आफ्नो घरमा वाईफाई चलाउने मोबाइल, ल्यापटपको संख्याभन्दा बढी संख्यामा आइपी चलेको देखिए कसैले ह्याक गरेको बुझ्न सकिन्छ ।
४. वाईफाई ह्याक भएको थाहा पाएपछि तुरुन्त युजर नेम र पासवर्ड परिवर्तन गरिहाल्नुहोस् । यो वाईफाईलाई चोरबाट छुटाउने उपाय हो ।
५. अब वाईफाईको नयाँ पासवर्ड राख्नुहोस् । अक्षर र अंक मिलाएर केही असजिलो पासवर्ड राख्नुहोस् । असजिलो पासवर्ड राख्दा आफूले भुलिन्छ भन्ने डर लाग्छ भने डायरीमा टिपेर राख्न पनि सकिन्छ ।
६. राउटरको पासवर्ड राख्ने बेला खास विचार पु¥याउनुपर्छ । अधिकांशले ध्एब्एक्प् अप्सन रोजेको पाइन्छ ।
यो कुनै बलियो अप्सन होइन । ह्याक गर्ने एप्सले यसलाई सजिलै क्रयक गराइदिन्छ । त्यसैले त्यहाँ दिएका अन्य बलिया अप्सन रोज्नुपर्छ ।
७. समय समयमा आफ्नो युजर नेम र पासवर्ड परिवर्तन गरिराख्ने गर्नुपर्छ । यसो गर्दा पनि वाईफाईलाई चोरबाट सुरक्षित राख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार