यस्तो थियो बुटवलमा भएको संयुक्त प्रदर्शन

बुटवल : प्रमुख राजनीतिक दलहरुले प्रदेश नम्बर पाँच विभाजनसहितको संविधान संशोधन प्रस्ताव दर्ताको विरोधमा बुटवलमा संयुक्त प्रदर्शन गरेका छन्।

बुटवलको राजमार्ग चौराहाबाट शुरु भएको विरोध जुलुसको नेकपा एमालेका उपमहासचिवद्वय विष्णु पौडेल, माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, कांग्रेस नेता चन्द्र भण्डारी, राष्ट्रिय जनमोर्चाका प्रवक्ता दुर्गा पौडेलले नेतृत्व गरेका थिए।

अखण्ड प्रदेश नम्बर ५ कायम गर, विखण्डनकारी संशोधन प्रस्ताव फिर्ता गर, दलीय एकता जिन्दावाद जस्ता नारा लगाउँदै निस्केको जुलुस ट्राफिक चोकमा आएर सभामा परिणत भएको थियो।

सभामा बोल्दै नेताहरुले संविधान संसोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनीहरुले तराई र पहाडलाई टुक्राएर तराईलाई अलग्गै राज्य बनाउन खोजिएको भन्दै त्यसलाई सफल हुन नदिने बताए। पूर्व र पश्चिममा शीर्ष नेताको स्वार्थ पूरा गरेर पाँच नम्बर प्रदेशलाई तारो बनाएको भन्दै शीर्ष नेताहरुको आलोचना गरे।

हेरौ तस्वीरहरु
img_7857

img_7858

img_7873

img_7874

img_7878

img_7881

img_7893

img_7894

img_7895

img_7899

img_7917

img_7923

img_7925

img_7931

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार