ध्रव शरण ढुगांना

मानव जीवनमा जति महत्व कर्मको छ, त्यति नै विश्राम र शयनको पनि रहेको छ । संसारका सम्पूर्ण मनुष्यको जीवनको लगभग एक तिहाइ भाग बिस्तारामा बित्ने गर्दछ । हाम्रो दिनचर्याको महत्वपूर्ण अंग हो शयन ।

शयन अर्थात् सुत्नु गहिरो निद लिनु । मनुष्य मात्र होइन, पशु, पंक्षी, बोट विरुवा सबै शयन गर्दछन । सुत्नुको पनि एउटा विज्ञान छ । दिनभरी काम गर्दा गर्दै हामी थाकेका हुन्छौं र हाम्रो शरीरको उर्जा कम हुन्छ । यस्तो बेला हाम्रो शरीरले आराम मागेको हुन्छ । हामी जब सुतेर उठ्छौं तब आफूलाई फुर्तिलो तेजिलो महसुस गर्छाँै ।

शयनले नै दिनभरको थकानलाइ मेटाएर तनावदेखि मुक्ति दिलाउँछ । निदाएको बेलामा हाम्रो शरीरमा पुनः शक्ति संचित हुन्छ । यो कुरा स्पष्ट हो कि निद्राले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यसँग गहिरो सम्बन्ध राखेको हुन्छ । सोही कारण हाम्रा ऋषिमुनीहरुले शयनको विषयमा कतिखेर कसरी सुत्दा राम्रो आनन्दका साथ निद्रा लिन सकिन्छ यस विषयमा बताएका छन् । सन्ध्याकालको समयमा सुत्नु हुँदैन । सुत्नेबेलामा गोडा दक्षिणतर्फ गर्नु हँुदैन । रात्री भोजन पच्छात् तत्काल शयन गर्नु हँुंदैन । उक्त नियम शयन सम्बन्धी निर्देशन शास्त्रले दिएको छ । सिरानीले पनि मनुष्यको आयुसँग सम्बन्ध राख्ने गर्दछ । उत्तर सिरानी गर्नाले आयुको क्षय हुन्छ । स्कुल जाने वा पढ्ने विद्यार्थीका लागि पूर्व तर्फ सिरानी गरेर सुताउनाले सकारात्मक उर्जा, स्मरण शक्तिको वृद्धि र शिक्षाको क्षेत्रमा राम्रो सफलता प्राप्त हुने गर्दछ । प्रौढ व्यक्ति वा व्यवसायी वर्ग दिनभरीको चिन्तादेखि मुक्त रहन दक्षिण सिरानी गरेर सुत्दा राम्रो हुन्छ । यात्राकालमा पश्चिम सिरानी गरेर सुत्नु राम्रो हुन्छ । अनिद्रा, तनाव आदि रोगले पीडित वृद्ध व्यक्तिहरुका लागि सदैव दक्षिण सिरानी उत्तम मानिन्छ ।

सुत्नु भन्दा पहिले मधुर संगीत भजन सुन्नु, सद्साहित्य पढ्नाले राम्रोसँग निदाउन सक्दछ । कम्प्युटर मोबाइल तथा टेलिभिजनबाट निस्किने किरणहरुले निद्रामा असर पु¥याउने हुँदा शयन पूर्व एक घण्टा पहिले यी उपकरणहरु बन्द गर्दा राम्रो हुन्छ । राती सुत्दा छिटो निद्रा नलाग्ने समस्या भएका मानिसहरुले मोबाइल टेलिभिजन जस्ता साधनहरु सुत्ने कक्षमा राख्नु उचित मानिँदैन ।

छिटो सुत्नु र छिटो उठ्नु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । पूर्व वा दक्षिण दिशा सिरानी गरेर सुत्नु विज्ञान सम्वत मानिन्छ । यस प्रक्रियाले अनेकौं बिमारीदेखि टाढा राख्दछ । सौर्य जगत धु्रवसँग आधारित छ । हाम्रो मानव शरीर पृथ्वीको समस्त चुम्बकीय तरङ्गबाट प्रभावित हुन्छ । स्वयं मानव शरीरले पनि सूक्ष्म चुम्बकीय तरङ्गहरुलाई विकिरण गर्ने गर्दछ । यसरी पृथ्वी र शरीरको चुम्बकीय धु्रवहरुबीच विकषर्ण हुन नदिने गरी सुत्ने तरिका नै दक्षिण सिरानी गर्नु हो किनभने चुम्बकीय तरङ्हरु दक्षिणबाट उत्तरतिर प्रवाहित हुने गर्दछन् । मनुष्य उत्तर सिरानी गरेर सुत्यो भने मनुष्यको चुम्बकीय तरङ्ग र पृथ्वीको चुम्बकीय तरङ्ग बीचको सम्बन्ध टुट्न जाने हुन्छ ।

सोही कारण उत्तर सिरानी गर्दा हृदयरोग लगायतका अन्य स्वास्थ्य समस्या हुने प्रवल सम्भावना रहन्छ । यस विपरीत दक्षिण सिरानी गरेर सुत्दा शिरबाट भएर गुरुत्वाकर्षण दक्षिणबाट उत्तरतिर प्रगतिशील विद्युत प्रवाह हाम्रो शिरबाट प्रवेश गरेर गोडातर्फबाट निस्केर जान्छ । यो प्रक्रियाले गर्दा भोजन सजिलै पच्ने र बिहान उठ्दा मस्तिष्क विशुद्ध भएर विद्युत् परमाणुहरुबाट परिपूर्ण तथा स्वस्थ रहन्छ । सोही कारण दक्षिण सिरानी गर्नु प्रकृति सम्मत पनि हो ।

धार्मिक ग्रन्धहरुमा दक्षिण दिशाका अधिष्ठाता यमराजलाई मानिन्छ । यदि दक्षिण गोडा गरेर सुत्यो भने यमलोक जाने तैयारी हो भन्दा पनि फरक नपर्ला । यसको विपरीत उत्तर दिशाको मालिक कुवेरलाई मानिन्छ र कुवेर धनका देवता हुन् । उत्तरतिर गोडा गर्नाले कुवेरको दृष्टि व्यक्ति माथि पर्ने र धनधान्यले सम्पन्न हुने विश्वास रहेको छ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार