आइफोन पाउन आफ्नो नामै आइफोन राखे एक युवाले

आइफोन बोक्ने चाहना कसको पो नहोला र तर आइफोन पाउनकै लागि युक्रेनका एक व्यक्तिले आफ्नो वास्तविक नाम परिवर्तन गरी ‘आइफोन सेभेन’ राखेका छन् ।

२० वर्षे अलेक्सान्डर टुरिन नाम गरेका उनले एप्पलको आइफोन सेभेन सित्तैमा प्राप्त गर्न कानुनी रुपमै नाम परिवर्तन गरेर आइफोन सिम(युत्रेनी भाषामा सिमको अर्थ सेभेन हुन्छ) राखेका हुन् ।

एक इलेक्ट्रोनिक स्टोरको प्रवद्र्धनका दौरान आफ्नो नाम परिवर्तन गरी आइफोन सेभेन राख्ने पहिलो ५ जना व्यक्तिलाई सो समार्टफोन सित्तैमा बाँडिने घोषणा भएपछि उनले त्यसो गरेका हुन् ।

यद्यपि उनीबाहेक अन्य कसैले पनि नाम परिवर्तन गरेर समार्टफोन दाबी गर्न नआएको इलेक्ट्रोनिक स्टोरले बताएको छ ।
युत्रेनी बजारमा प्रति आइफोन सेभेनको मूल्य ८ सय ५० डलर पर्छ भने उनको कानुनी रुपमा नाम परिवर्तन गर्न मात्र २ डलर लागेको जनाइएको छ ।
सिमले आइफोन सेभेनप्रतिको उनको क्रेजको खुलासा गर्दै आफूले नाम परिवर्तन गरेकोमा कुनै पछुतो नभएको र यस नामलाई नै आफू बाबु नबुनुन्जेलसम्म निरन्तरता दिने बताएका छन् ।

उनीबाहेक यसअघि एक चिनियाँ महिलाले आफ्ना २० जना प्रत्येक प्रेमीलाई आइफोन सेभेन किनाएर पछि ति सबै बेचेर घर भाडा तिरेको, आइफोन किन्नै भनेर किडनी बेचेको तथा एक जोडीले एप्पलको सामान खरिद गर्न भन्दै आफ्नो नवजात शिशुलाई अनलाइन बिक्रीमा राखेको जस्ता घटना सार्वजनिक भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार