एप्पलले कहिल्यै नसोचिएको विशेषतासहित सार्वजनिक ग¥यो नयाँ ल्यापटप

सधैंजस्तै एप्पलले अरुभन्दा भिन्न र अघि बढेर एउटा यस्तो प्रविधि सार्वजनिक गरेको छ, जसका बारे सायद कसैले पनि सोच्नुभएको छैन होला । एप्पलले नयाँ म्याकबुक प्रो २०१६ लञ्च गरेको छ । पहिले नै टचस्क्रिन भएको एप्पलको ल्यापटपको नयाँ संस्करणमा किबोर्डलाई पूर्ण रुपमा परिवर्तन गरिएको छ अर्थात् किबोर्डमाथि एउटा रेटिना डिस्प्ले छ, जसमा फङ्सन कीज दिइएको छ ।

किप्याडमाथि ओएलईडी डिस्प्ले भएको टचबारः
एप्पलले निकै वर्षपछि नयाँ म्याकबुकमा धेरै परिवर्तन ल्याएको छ । कम्पनीले यसपटक किबोर्डमाथि एक टचबार दिएको छ जसमा म्याकको फंक्सन कीज दिइएको छ । यहाँ मल्टिटच स्क्रिन राखिएको छ जसले जेस्चर (इशारा) र ट्याप ‘छुवाई’ बिचको फरक छुट्याउन सक्षम हुनेछ । उदाहरणको लागि जब तपाईं फोटोमा क्लिक गर्नुहुन्छ तब किबोर्डको डिस्प्लेमा इडिटिङ टुल्स देखिनेछ जसमा क्रपिङ, भिडियो इडिटिङजस्ता अप्सनहरु दिइएका हुन्छन् । यो स्क्रिनमार्फत तपाईं यसलाई स्वाइप गरेर प्रयोग गर्न सक्नुहुन्छ । यतिमात्र होइन, प्रयोगकर्ताले यसलाई आफ्नो हिसाबले कस्टमाइज्ड पनि गर्न सक्छन् । यसका साथसाथै, यसमा आफूलाई आवश्यक पर्ने र चाहेको फङ्सन पनि जोड्न सक्नुहुन्छ ।

नयाँ टच आइडीयुक्त छ नयाँ म्याकबुकः
सुरक्षाका लागि म्याकबुक प्रो २०१६ को यो टच बारमा कम्पनीले नयाँ टच आइडी पनि दिएको छ जसका लागि म्याकबुकमा कम्पनीले एप्पल टीवान चिप लगाएको छ । यसलाई खोल्नका लागि तपाईंले औंलाका छापलाई टचबारमा स्क्यान गर्नुपर्ने हुन्छ । त्यस्तै सीरीका लागि भिन्न बटन दिइएको हुन्छ ।

एकदम नयाँ डिजाइनः
यसमा एकदम नयाँ डिजाइन दिइएको छ जसको चारैतर्फ एल्मुनियम र धातु लगाइएको छ । यो अहिलेसम्मकै सबैभन्दा पातलो र हलुका म्याकबुक हो । यो १३ र १५ इन्चको दुई प्रकारमा सार्वजनिक भएको छ भने यो सिल्भर र खैरो गरी दुई रङमा उपलब्ध छन् ।

निकै बलियो हार्डवेयरः
यो नयाँ ल्यापटपमा इन्टेलाको कोर आई फाइभ र आई सेभेन प्रोसेसर राखिएको छ । तातो हुने समस्याबाट बचाउनका लागि यसमा थर्मल आर्किटेक्चर राखिएको छ । यसमा २ टेराबाइटको हार्ड डिस्क दिइएको छ । १३ इन्चको मोडलमा ८ जीबी र १५ इन्चको मोडलमा १६ जीबी र्याम दिइएको छ । यसमा दिइएको ग्राफिक्स कार्डलाई ४ जीबीसम्म बढाउन सकिन्छ । यसमा हेडफोन ज्याक दिइएको छ । कम्पनीले यसमा युएसबी टाइप सी लगाएको छ । यसका साथै यसमा तीन ठन्डरबोल्ड ३ पोट्र्स हो जसमा यसलाई चार्ज गर्न सकिन्छ । यसमा डिस्प्ले पोर्च र एचडीएमआई पोर्ट पनि छ । कम्पनीका अनुसार म्याकबुक प्रोले १० घण्टासम्मको ब्याट्रि ब्याकअप दिनेछ ।

मूल्यः
एप्पल म्याकबुक प्रो २०१६ को सुरुवाती मूल्य १ हजार ४ सय ९९ डलर हो । टचबार भएको १३ इन्चको म्याकबुक प्रोको मूल्य १,७९९ डलर हो भने १५ इन्चको मूल्य २,३९९ डलर हो । टचबार बिनाको म्याकबुक चाँडै नै बजारमा उपलब्ध हुनेछ भने टचबार युक्त म्याकबुक प्रो लगभग एक महिना पछि पाइनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार