कपिलवस्तु – तीन वर्षयता प्राचीन कपिलवस्तुस्थित बुद्ध स्थलहरूमा भ्रमण गर्न आउनेको संख्या बढ्दै गएको छ । विदेशबाट विशिष्ट व्यक्तिहरूहरू आउनेको संख्या पनि उल्लेखनीय बृद्धि भएको छ ।

पर्यटकको संख्या बढे पनि खुला संग्रहालयका रूप रहेको प्राचीन कपिलवस्तु पर्यटकीय लाभबाट बन्चित रहेको एक अध्ययनले देखाएको छ । बुद्धको पिता राजा शुद्धोधनको राजप्रसाद तिलौराकोटमा ३ वर्ष गरिएको अध्ययन अनुसन्धानबाट सो कुरा खुलेको हो ।
वर्षको ३० देखि ३५ हजार पर्यटक तिलौराकोटको भ्रमण गर्ने गरेको आगन्तुक पुस्तिकाको विवरणले देखाएको छ । सन् २०१४ देखि २०१६ मा गरिएको स्थलगत अध्ययन र अनुसन्धानपछि सो पुष्टि भएको हो ।

जापानिज ट्रष्ट इन फण्डको सहयोगमा बेलायतको दुर्हम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको संयुक्त टोलीले उत्खनन्सँगै तिलौराकोट आउने पर्यटकका विषय गरेको अध्ययनले सो कुरा देखाएको हो ।

अध्ययनले तिलौराकोटमा आउने चार प्रकारका आगन्तुकहरूले औषत ३९ मिटेन मात्र समय बिताउने गरेको देखाएको छ ।

तिलौराकोटको पश्चिमी, पूर्वी द्वार र मुख्य दरबारमा पुगेर केही समयमै फर्किने गरेका छन् । यहाँ आएका पर्यटकहरू तिलौराकोटको दयनीय अवस्था देखेर निरास बनेर फर्कने गरेका छन् । यहाँ आउने पर्यटकले केबल १ सय १० रूपैयाँ मात्र खर्च गर्ने गरेको अध्ययनको संक्षिप्त प्रतिवेदनका विषयमा जानकारी दिँदै वरिष्ठ पुरातत्वविद कोष विद् कोषप्रसाद आचार्यले बताए ।

‘पर्यटकसँग सोधपुछ र अध्ययनपछि निरासाजनक अवस्था देखिएको छ ।’ उनले भने । औषत १५ जनाको समूहमा आउने आगन्तुकहरूमध्ये ९० प्रतिशत बढी केही समय बिताएर बाहिरिने गरेका छन् । ७ प्रतिशतमात्र तौलिहवामा र बाँकी ७० प्रतिशत बढी लुम्बिनीमा फर्कने गरेका छन् ।
यदि ती पर्यटक तौलिहवामा बसेको भए १ हजार ५ सय खर्च तिनीहरूले १ हजार ५ सयका दरले खर्च गर्ने अध्ययनले देखाएको थियो ।
म्यानमार, श्रीलंका, भारतबाट यहाँ बढी पर्यटक आउने आउँछन् । धेरै पर्यटक धार्मिक दृष्टिले आउने गरेका छन् । आधाजति पहिलो पटक र २० प्रतिशत एकभन्दा बढी तथा ६ पटकभन्दा बढी समेत यहाँ पर्यटक आएको भेटिएको थियो ।

४६ प्रतिशत कार र बाँकी सार्वजनिक सवारीमा आउने गरेका छन् । धेरैजसो तिलौराकोट, कुदानलगायतका क्षेत्रमा भ्रमण गर्न प्याकेजका रूपमा आउने गरेको पाइएको छ ।

एक तिहाई बढी भारतको कुशीनगर र बोधगया गएर आउने गरेको छन् । तिलौराकोट भ्रमणपछि जिल्लामा रहेका अन्य बुद्धथलहरू निकै कम मात्र जाने गरेका छन् ।

तिलौराकोटको ५ सय मिटर उत्तरमा रहेको मायादेवी र शुद्धोदनको समाधीस्थल भनिएको धमनिया स्तुपमा ११ प्रतिशत पर्यटक मात्र जाने गरेका छन् ।
तिलौराकोट जाने बाटौमै रहेको कपिलवस्तु संग्रहालयमा तिलौराकोट आएका ९ प्रतिशत मात्रले अवलोकन गर्ने गरेका छन् ।
पर्यटकीय क्षेत्र भए पनि पूर्वाधारको अभावका साथै सुन्दरीकरण नभएकाले जिल्लामा प्रशस्त संभावना रहे पनि पर्यटकीय लाभ लिन नसकेको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए । ‘यहाँ आउने पर्यटकलाई भुल्ने ठाउँ नै छैन, त्यसैले उनीहरू आएको केही बेरमै फर्किने गरेका छन्’– उनले भने ।

पर्यटकीय स्थलहरूको पूर्वाधार विकास र बास बस्ने राम्रो होटल संचालन भए जिल्लामा ३ दिनसम्म पर्यटकहरू बस्न सक्ने संभावना देखिएको उनले बताए ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार