बुटवल । नयाँ शक्ति नेपालको युवा संगठन राष्ट्रिय युवा अभियान रुपन्देहीले तिनाउ पुल तत्काल मर्मत गर्न माग गरेको छ । अभियानले बिहीबार बिहान १ घण्टा पुल नजिकै धर्ना दिदै पुल मर्मत गर्न माग गरेको हो ।

तिनाउ पुल पटक पटक मर्मत भएपनि प्रभावकारी ढंगले काम नभएको भन्दै दबाब दिनका लागि धर्ना दिएको अभियानका अध्यक्ष पंकज राइले जानकारी दिए । तिनाउ पुल कैयौपटक मर्मत भएपनि खाल्डाखुल्डी पर्न छाडेको छैन । जसका कारण दिनहुँ गाडी आउन जान समस्या छ ।

साथै अभियानले सडक डिभिजन कार्यालय बुटवलमार्फत भौतिक योजना मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । अभियानको धर्ना कार्यक्रमका तस्वीरहरु ।
सबै तस्वीरहरु सी पी खनाल/दैनिक पत्र

तिनाउ

तिनाउ

तिनाउ

तिनाउ

dsc08856


सी. पी. खनाल

खनाल दैनिक पत्र दैनिकका कार्यकारी सम्पादक हुन् । jitgadhi@gmail.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार