काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदी जेलमा रहेका काभ्रे कुशादेवीका रामचन्द्र तिमल्सिनालाई ४/५ दिनभित्र नेपाल ल्याउने घोषणा गरेका छन्।

नेपाल टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘प्रधानमन्त्रीसँग सिधा कुरा’मा बोल्दै प्रधानमन्त्री प्रचण्डले रामचन्द्रलाई नेपाल ल्याउने काम अघि बढिसकेको बताउँदै ४/५ दिनभित्र नेपाल ल्याउने घोषणा गरेका हुन्।

‘४/५ दिनभित्र रामचन्द्रलाई नेपाल ल्याउने गरी प्रक्रिया अघि बढेको छ’, उनले भने, ‘रामचन्द्रजस्ता लाखौँ युवावर्गलाई स्वेदश फर्काउनेतिर पनि सरकारको ध्यान केन्द्रित भएको छ।’ रामचन्द्रलाई जेलमुक्त गराउनका लागि जम्मा भएको रकममध्ये आवश्यक रकम साउदी दूतावासमा पुगिसकेको जानकारी गराउँदै प्रचण्डले आजभोलि नै उक्त रकम अदालतमा बुझाई रामचन्द्र जेलमुक्त हुने बताए ।

यसका साथै प्रधानमन्त्रीले विदेशमा रहेका युवावर्गलाई स्वदेशमै रोजगारी दिलाउने हेतुले दीर्घकालीन विकासका योजना अघि बढाउने बताएका छन्। विदेशमा पसिना र रगत बगाएर कमाएका युवावर्गको रकम उचित रुपमा सदुपयोग हुने गरी सरकारले काम गर्ने समेत उनको भनाई थियो। सरकारले यसपटक विदेशिएका युवाबारे गम्भिर निर्णय गर्ने उनले बताए।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार